२०८२ मंसिर २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

जेनजी आन्दोलनको भूमध्यमा परेर भदौ २४ गते जलेश्वर कारागारबाट भागेका कैदीबन्दीमध्ये ठूलो संख्या अझै फरार छ। कारागार तोडफोडपछि ५७६ मध्ये ३०३ जना मात्र पुनः कारागार फर्किएपछि २७३ कैदीबन्दीको खोजतलासी लगातार जारी छ।

जेलर अशोककुमार क्षेत्रीका अनुसार भागेका कैदीमध्ये केहीले स्वेच्छिक रूपमा फर्किने क्रम जारी छ भने केहीलाई पक्राउ गर्न प्रहरीले सक्रिय खोजी चलाइरहेको छ। कारागार प्रशासनले भदौ २५ गते नै स्वेच्छाले फर्किन सार्वजनिक आह्वान गरेको थियो।

फर्किन नआउने कैदीबन्दीमाथि कारागार ऐन २०७९ तथा प्रचलित कानुनअनुसार कडा कारबाही हुने चेतावनी दिइएको छ। त्यस्तै, फरार कैदीलाई लुकाउने, आश्रय दिने वा सहयोग गर्ने व्यक्तिमाथि पनि सोही कानुनअनुसार कारबाही हुने जेलर क्षेत्रीले स्पष्ट पारे।

फरारमध्ये १३ जना भारततर्फ भाग्ने प्रयास गर्दै गर्दा भारतीय प्रहरीले पक्राउ गरी जलेश्वर कारागार फर्काउन सहयोग गरेको पनि क्षेत्रीले जानकारी दिए। बाँकी कैदीबन्दी भने स्वयं कारागारमै हाजिर भएका हुन्।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार प्रहरी टोलीले बेपत्ता कैदीहरूको ठेगानाको खोजी तीव्र बनाइरहेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय