२०८३ आश्विन २० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

नेपाल र यूरोपेली सङ्घबीचको संयुक्त आयोगको १६औँ बैठक बेल्जियमको ब्रसेल्समा सम्पन्न भएको छ । शुक्रबार बसेको बैठकमा दुवै देशबीचको विकास सहयोग, व्यापार, जलवायु परिवर्तन, क्षेत्रीय सम्पर्क, र बहुपक्षीय सहकार्यसम्बन्धी प्रमुख मुद्दामा विस्तृत छलफल गरिएको नेपाली दूतावास ब्रसेल्सले जनाएको छ ।

बैठकमा नेपाल–ईयू सम्बन्ध निरन्तर सुदृढ हुँदै गएको उल्लेख गर्दै विकास साझेदारीका बहु–आयामिक पक्षबारे कुराकानी भयो । यूरोपेली सङ्घले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आर्थिक अनुशासन, सुशासन र सेवाप्रवाह सुधारतर्फ देखाएको प्रतिबद्धताको प्रशंसा पनि गरेको छ ।

नेपालले दिगो विकास लक्ष्यसम्बन्धी प्रगति प्रस्तुत गर्दै जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण र लगानी अभिवृद्धिका क्षेत्रमा सहकार्य अझै महत्वपूर्ण रहेको धारणा व्यक्त गर्‍यो । साथै, सङ्क्रमणकालीन न्याय प्रक्रियालाई कानुनअनुसार छिटो निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता पनि दोहोर्‍यायो ।

यूरोपेली सङ्घले नेपाललाई एलडीसीबाट स्तरोन्नतिमा सहयोग पुर्‍याउन बनेको सङ्क्रमणकालीन रणनीतिलाई स्वागत गर्दै बहुवर्षीय कार्यक्रममार्फत निरन्तर सहयोग दिने आश्वासन दियो । हवाई सुरक्षा सुधारलाई उच्च प्राथमिकतामा राख्दै नेपालले हालैको यूरोपेली मूल्याङ्कन भ्रमणमा उठाइएका प्रश्न समाधान गर्ने प्रतिबद्धता जनायो र नेपाली एयरलाइन्सलाई ईयूको एयर सेफ्टी सूचीबाट हटाइदिन पुनः अनुरोध गर्‍यो ।

संयुक्त आयोगको १७औँ बैठक आगामी वर्ष काठमाडौँमा दुवै पक्षको सहमतिमा हुने भएको छ । बैठकको सहअध्यक्षता नेपालतर्फ परराष्ट्र सचिव अमृतबहादुर राई र युरोपेली सङ्घतर्फ कार्यवाहक प्रबन्ध निर्देशक पाओला पाम्पालोनीले गरेका थिए ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय