२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा | लुम्बिनीले सेट गर्‍यो सम्मानजनक स्कोर विराटनगरलाई १३५ रनको चुनौती | एनपीएल क्वालिफायर–२ : विराटनगरले लुम्बिनीविरुद्ध बलिङ रोज्यो | देउवासँग भएको भेटको प्रभाव छिट्टै देखिन्छ : एमाले अध्यक्ष ओली |

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ अन्तर्गत टीयू क्रिकेट मैदानमा भइरहेको महत्वपूर्ण खेलमा चितवन राइनोजले टस जित्दै जनकपुर बोल्ट्सलाई बलिङ गर्न पठाएको छ। कप्तान कुशल मल्लले टस जितेपछि पहिला रन खडा गर्ने योजनासहित ब्याटिङ रोजेका हुन्।

लगातार निराशाजनक प्रदर्शन गर्दै आएको साविक विजेता जनकपुर बोल्ट्स अहिले पनि जितविहीन अवस्थामै छन् र अंक तालिकाको पुछारमा रहेका छन्। प्लेअफबाट लगभग बाहिरिएको जनकपुरका लागि यो खेल प्रतिष्ठा जोगाउने अवसर मानिएको छ।

यता चितवन राइनोज चार खेलमा दुई जितसहित चौथो स्थानमा छ। प्लेअफको प्रतिस्पर्धा बलियो बनाउन चितवनले आजको खेललाई ‘अवसर’ का रूपमा लिएको बताइन्छ। कुशल मल्लको टोलीले सुरुआती ओभरमै राम्रो लय बटुल्दै उच्च स्कोर बनाउने लक्ष्य राखेको छ।

जनकपुरका कमजोर प्रदर्शन र चितवनको स्थिर अवस्थामा आजको भिडन्त दुवैका लागि महत्त्वपूर्ण बनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय