पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठका पिता कुलबहादुर श्रेष्ठ मंगलबार बिहान निधन भएका छन्। श्रेष्ठको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारकै क्रममा निधन भएको हो।
स्वर्गीय श्रेष्ठको आज दिउँसो ३ बजे पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने व्यवस्था गरिएको छ।
कुलबहादुर श्रेष्ठले लामो समय सरकारी वकीलको रूपमा काम गरेपछि अदालतमा न्यायाधीश भएर सेवा निवृत्त भएका थिए। उनको परिवारमा तीन छोरा र दुई छोरी रहेका छन्।
परिवार र नजिकका आफन्तले निधनको खबरसँगै शोक व्यक्त गरेका छन्।
