२०८२ चैत्र १८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
एमाले संसदीय दलको नेतामा 'बादल' निर्विरोध: सुहाङको दाबी फिर्ता गर्न लगाईयो ! | उच्च अदालतको फैसलाले महेश बस्नेत विरुद्ध शोभा पाठकले लगाएको आरोप खारेज | चरित्रहत्या विरुद्ध उजुरी दिन साइबर ब्यूरो पुगिन् अमिशा पराजुली | को बन्ला बालेन सरकारको महान्यायाधिवक्त्ता? | प्रधानन्यायाधीश पद रिक्त भएपछि कामु प्रधानन्यायाधीशमा सपना प्रधान मल्लको इन्ट्री | पोखरामा अवैध ‘ट्रान्स पार्टी’मा छापा विदेशीसहित ३८ जना पक्राउ | सुनको मूल्यमा भारी उछाल चाँदी पनि महँगियो | पुरानै टिममा भरोसा बालेनले सुरेन्द्र बजगाईंलाई दिए प्रेस संयोजकको जिम्मा | एमाले प्रदर्शनमा कुटिएका वृद्धलाई गृहमन्त्री सुदन गुरुङले घरमै गएर भेटे | ललितपुरमा एमालेको प्रदर्शनका क्रममा वृद्धमाथि आक्रमणमा संलग्न युवक प्रहरी नियन्त्रणमा |

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण कर्णाली याक्सका लागि निराशाजनक बन्न पुगेको छ । लगातार चौथो पराजयसँगै कर्णाली एक खेल बाँकी छँदै प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ। मंगलबार पोखरा एभेन्जर्सले ३४ रनले हराएपछि कर्णालीको अभियान समाप्त भएको हो।

गत सिजन प्लेअफमा स्थान बनाएको कर्णाली यसपटक भने सुरुदेखि नै लयमा फर्किन सकेन। पोखराले दिएको २०२ रनको लक्ष्य पछ्याउने क्रममा कर्णाली ६ बल बाँकी रहँदै १६७ रनमै समेटियो। ओपनर मार्क वाटले ५९ रन जोडे पनि टोलीलाई जितसम्म पुर्याउन सकेनन्। नजिबुल्लाह जड्रानले २४, पवन सर्राफले १९ र प्रियांक पञ्चलले १६ रन थपे।

पोखराका बलर ऋषी धवन र धनन्जय लक्षण चम्किए, दुवैले तीन–तीन विकेट झारे। किरण ठगुन्ना, सन्दीप क्षेत्री र कुशल भुर्तेलले पनि एक–एक विकेट लिए।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ उतरेको पोखराले २०१ रनको बलियो स्कोर बनाएको थियो। एडम रोसिङटन ५८ बलमा ११ चौका र ७ छक्कासहित १०८ रनमा अविजित रहे। यो सिजनको दोस्रो शतक समेत बनेको छ। धनन्जय लक्षण २३ रनमा नटआउट रहे।

छ खेलमा पाँच हार व्यहोरेको कर्णालीको अंक चारमा मात्र सीमित हुने निश्चित भएपछि अब बाँकी खेलले उसको यात्रा बदल्न सक्दैन। लिगको अन्तिम खेलमा कर्णाली जनकपुर बोल्ट्ससँग भिड्नेछ।

यता, कर्णालीलाई हराउँदै पोखराले प्लेअफ सम्भावना जीवित राखेको छ। उसले पाँच खेलमा ४ अंक जोडेको छ। बाँकी दुई खेल—चितवन राइनोज र काठमाडौं गोर्खाजविरुद्ध—सकारात्मक नतिजाले उसलाई शीर्ष–४ मा पुर्याउन सक्नेछ।

सुदूरपश्चिम रोयल्सले भने लगातार पाँच जितसहित १० अंकमा आफूलाई प्लेअफमा सुरक्षित गरिसकेको छ। काठमाडौं गोर्खाज र विराटनगर किंग्सका लागि पनि यात्रा तुलनात्मक रूपमा सहज देखिन्छ। चितवन, लुम्बिनी र पोखरासमेत ८ अंकसम्म पुग्ने गणितीय सम्भावनामा छन्।

जनकपुर बोल्ट्स पनि प्लेअफबाट पूर्ण रूपमा बाहिरिएको छैन। बाँकी दुई खेल दुवैमा जित निकाल्न सके र शीर्ष स्थानका टोली ८ अंकसम्म नपुगेको अवस्थामा जनकपुरले पनि चौथो स्थानका लागि चुनौती दिनसक्ने जनकपुरका खेलाडी अनिल साहले बताएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय