२०८३ श्रावण २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रतिनिधिसभामा साम्पाङको गुनासो– ‘देशमा सुरक्षा छैन, न्याय छैन, अवसर छैन’ | कप्तानी पाएपछि सन्दीपको रोहितलाई सन्देश– ‘तिम्रो योगदानको सधैं कदर हुनेछ’ | जापान पठाउने आश्वासनमा २ करोड ८० लाख असुली | के हो हत्याको धम्कीपछि ट्रम्प टर्कीबाट बेलायत गएको घटना? | घारखोला आयोजनाको विद्युत्गृहमा पहिरो एक बेपत्ता | सन्दीपको कमब्याकसँगै टिमबाट बाहिरिए यी नाम | जेन–जी आन्दोलनका घटनाबारे छलफल गर्दै लेखा समिति | ग्यास अभाव टार्न भारतसँग थप ५ हजार मेट्रिक टन ग्यास माग | प्रतिनिधिसभामा आज चार विधेयक प्रस्तुत हुँदै | नयाँ विधेयक: उडान ढिलाइ वा रद्द भए यात्रुले क्षतिपूर्ति पाउने |

प्रधानमन्त्री सुशीला कार्कीको आव्हानमा आज अपरान्ह ४ बजे बालुवाटारमा सर्वपक्षीय बैठक बस्ने भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार आगामी निर्वाचनसम्बन्धी महत्वपूर्ण विषयहरूमा साझा धारणा बनाउन बैठक बोलाइएको हो।

छलफलमा प्रमुख पाँच राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (एकीकृत), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाका शीर्ष नेताहरू सहभागी हुनेछन्। साथै निर्वाचन आयोगका पदाधिकारी तथा सुरक्षा निकायका प्रमुखहरू समेत बैठकमा उपस्थित रहनेछन्।

बैठकको मुख्य एजेन्डा माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन तथा फागुन २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई सुचारु, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गर्ने तयारीको समीक्षा गर्ने रहेको छ।

सरकारले आगामी निर्वाचनलाई राजनीतिक सहमति र संस्थागत समन्वयमार्फत सफल बनाउन सर्वपक्षीय संवादलाई आवश्यक ठानेको बताइएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय