२०८३ आश्विन १३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

फागुन २१ गते हुने आम निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक प्रणाली अन्तर्गत उम्मेदवार छान्ने प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। पार्टीले योग्यताका आधार पूरा गर्ने इच्छुक सदस्यहरूलाई अनलाइनमार्फत आवेदन दिन आह्वान गरेको हो।

रास्वपाका अनुसार उम्मेदवार बन्न इच्छुकहरूले पार्टीको मोबाइल एप प्रयोग गरी सोझै अनलाइन फारम भर्न सक्नेछन्। आवेदन दिने समयावधि कार्तिक २२ गतेदेखि मंसिर २५ गतेसम्म तय गरिएको छ।

छनोट प्रक्रिया, मापदण्ड तथा रूपरेखाबारे विस्तृत जानकारीका लागि पार्टीले आफ्नो वेबसाइटमा अध्ययन सामग्री राखेको छ। आवश्यक परे देशभरका पार्टी कार्यालय वा उम्मेदवार छनोट समिति संयोजक विपिन कुमार आचार्यसँग सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ।

रास्वपाले पारदर्शिता र सदस्य–समावेशी प्रक्रियालाई प्राथमिकता दिएको दाबी गर्दै यो प्रणालीले योग्य व्यक्तिहरूलाई समान अवसर दिलाउने विश्वास व्यक्त गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय