२०८३ श्रावण २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रतिनिधिसभामा साम्पाङको गुनासो– ‘देशमा सुरक्षा छैन, न्याय छैन, अवसर छैन’ | कप्तानी पाएपछि सन्दीपको रोहितलाई सन्देश– ‘तिम्रो योगदानको सधैं कदर हुनेछ’ | जापान पठाउने आश्वासनमा २ करोड ८० लाख असुली | के हो हत्याको धम्कीपछि ट्रम्प टर्कीबाट बेलायत गएको घटना? | घारखोला आयोजनाको विद्युत्गृहमा पहिरो एक बेपत्ता | सन्दीपको कमब्याकसँगै टिमबाट बाहिरिए यी नाम | जेन–जी आन्दोलनका घटनाबारे छलफल गर्दै लेखा समिति | ग्यास अभाव टार्न भारतसँग थप ५ हजार मेट्रिक टन ग्यास माग | प्रतिनिधिसभामा आज चार विधेयक प्रस्तुत हुँदै | नयाँ विधेयक: उडान ढिलाइ वा रद्द भए यात्रुले क्षतिपूर्ति पाउने |

काठमाडौँको मुटुमै बग्ने टुकुचा खोलालाई स्वच्छ रूपमा बागमतीमा मिसाउन सरकारले निर्माण गरिरहेको प्रशोधन केन्द्र अब अन्तिम चरणतर्फ अघि बढेको छ। दैनिक डेढ करोड लिटर फोहोर पानी प्रशोधन गर्न सक्ने क्षमता रहेको यो केन्द्र २.५३ हेक्टर क्षेत्रमा त्रिपुरेश्वर–कुपण्डोल दोभानमा तयार हुँदैछ।

एसियाली विकास बैंक (एडीबी) को सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको परियोजनाको लागत तीन अर्ब १८ करोड रुपैयाँ रहेको छ। सरकारले आगामी मंसिरसम्म यो प्रशोधन केन्द्र पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ।

टुकुचाबाट आउने प्रवाहलाई केन्द्रमा मोडेर प्रशोधन गरिने र प्रशोधित पानी बागमतीमा बगाइनेछ। परियोजनाबाट ८०० किलोवाट विद्युत् उत्पादन हुने पनि ऊर्जा तथा शहरी विकास मातहतका निकायले जानकारी दिएका छन्।

हाल त्रिपुरेश्वरतर्फका संरचना तीव्रगतिमा निर्माण भइरहेका छन् भने ललितपुरतर्फ भने स्थानीयको अवरोधका कारण केही ढिलाइ भएको छ। ललितपुरमा विद्युत् उत्पादनका संरचना मात्र रहनेछन् भने सबै मुख्य प्रशोधनका संरचना त्रिपुरेश्वरमै निर्माण भइरहेको मन्त्रालयले जनाएको छ।

मन्त्री कुलमान घिसिङले शनिबार स्थल निरीक्षण गर्दै निर्माण प्रगतिबारे विस्तृत जानकारी लिएका थिए। उनले परियोजनामा संलग्न टोलीसँग पूरा गर्नुपर्ने काम, देखिएका चुनौती र समाधानका उपायबारे छलफल गर्दै बागमती र यसको सहायक खोलाको सफाइलाई सरकारको प्राथमिकतामा रहेको बताए।

निर्माण व्यवसायीहरूले निर्धारण गरिएको समयमै काम पुरा गर्ने प्रतिबद्धता जनाएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय