२०८२ माघ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह सर्लाही भ्रमणमा | चुनावी दौडमा रहेका विनोद चौधरीको दुर्गेश थापासँग भेट | रुकुम पूर्वबाट दाङ जाँदै गरेको बोलेरो जिप सल्यानमा दुर्घटनाग्रस्त | नेकपा नै सबैभन्दा नयाँ पार्टी होः पुष्प्रकमल दाहाल प्रचण्ड | रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी | नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई साढे ७ वर्ष जेल सजाय | कुलमान घिसिङ भन्छन उज्यालो नेपाल सामाजिक सञ्जालबाट होइन, कामबाट स्थापित पार्टी हो | महेश बस्नेत भन्छन संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च अदालत भाग्न पाउँदैन | रुपन्देहीको शान्ति नमूना माविका विद्यार्थी सवार बस दुर्घटना | प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापिएको छ |

धादिङको धुनिवेशी नगरपालिका–६ स्थित चालिसेमा एकैपटक ६ वटा सवारी साधन आपसमा ठोक्किँदा ठूलो दुर्घटना भएको छ। घटनास्थलबाट प्राप्त प्रारम्भिक विवरणअनुसार केही मानवीय क्षति भएको शंका प्रहरीले व्यक्त गरेको छ।

इलाका प्रहरी कार्यालय खानिखोलाले दुर्घटना केहीबेरअघि मात्र भएको र अहिले उद्धार कार्य निरन्तर चलिरहेको जनाएको छ। प्रहरीले एक डिब्बा गाडीको ब्रेक फेल हुनसक्ने कारणले दुर्घटना श्रृंखला सुरु भएको अनुमान गरेको छ।

दुर्घटनामा एउटा स्कुल बस, तीन यात्रुवाहक बस, एक डिब्बा गाडी, एक ट्रक र एक मोटरसाइकल आपसमा ठोक्किएका छन्। घाइतेमध्ये केहीलाई नजिकैको अस्पताल पुर्‍याइएको छ भने अन्यलाई अहिले पनि पठाउने काम भइरहेको छ।

स्थानीयहरुले यो दुर्घटना यस क्षेत्रमा भएको  अहिले  सम्मकै  डरलाग्दो दुर्घटना भएको बताएका छन् ।

प्रहरीका अनुसार घटनाबारे विस्तृत जानकारी संकलन भइरहेको छ र थप विवरण आउनेक्रम जारी छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय