२०८३ कार्तिक २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेश प्रदेशमा बनेको नयाँ सत्तासमीकरण अब अन्य प्रदेशहरूमा पनि दोहोरिने दाबी गरेका छन्।

जनकपुरमा आयोजित पार्टीको मधेश प्रदेशस्तरीय एकता सन्देशसभामा सम्बोधन गर्दै प्रचण्डले मधेशमा विगतका राजनीतिक सूत्रधारहरू भत्किँदै नयाँ प्रकारको शक्ति–सन्तुलन जन्मिएको बताए। उनका अनुसार, यही परिवर्तन देशका अन्य प्रदेशमा पनि क्रमशः देखिने संकेत स्पष्ट भइसकेको छ।

उनले गणतन्त्र आएपछि पनि जनजीवनमा ठोस सुधार नआएकाले जेनजी आन्दोलन जन्मिएको र त्यस आन्दोलनले राजनीतिक दलहरूलाई आत्मसमीक्षा गर्न बाध्य बनाएको टिप्पणी गरे। आन्दोलनपछि उत्पन्न राजनीतिक वातावरणले नयाँ ढंग, नयाँ लक्ष्य र व्यापक एकताको बाटो तयार गरेको उनको भनाइ छ।

प्रचण्डले सबै वामपन्थी, क्रान्तिकारी तथा अन्य कम्युनिस्ट धाराका कार्यकर्तालाई एउटै मोर्चामा एकताबद्ध गर्दै प्रतिगमनलाई परास्त गर्ने जिम्मा नेकपाले लिने बताए। उनका अनुसार, जनताको साझा मोर्चा बलियो बनेमा मात्रै देशलाई स्थिर र विकासोन्मुख दिशामा लैजान सकिन्छ।

उनीसहित पार्टी सह–संयोजक माधवकुमार नेपालले पनि पार्टीप्रति युवाहरूको आस्था तीव्ररूपमा बढिरहेको दाबी गर्दै, हजारौँ युवा नेकपामा प्रवेश गरिरहेको बताए। नेपालले भ्रष्टाचार अन्त्य, सुशासन स्थापनासँगै जेनजी आन्दोलनका वैध मागहरू अघि बढाउन आफूहरू प्रतिबद्ध रहेको स्पष्ट पारे।

सन्देशसभामा सहभागी अन्य नेताहरूले पनि पार्टीलाई विश्वसनीय, असरदार र जनमुखी शक्तिको रूपमा स्थापित गर्न एकताबद्ध प्रयास जारी राख्ने प्रतिवद्धता व्यक्त गरे। नेकपाले देशव्यापी एकता सन्देश अभियान सञ्चालन गर्दै आएको छ, र अब कर्णाली तथा काठमाडौँमा पनि ठूलो सभा हुने कार्यक्रम रहेको जनाएको छ।

Website | + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय