२०८३ आश्विन १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

धादिङको धुनीवेशी नगरपालिका–६ चालिसेमा भएको सवारी दुर्घटनामा दर्जनौँ यात्रु घाइते भएका छन्। एक स्कुल बस, दुई सार्वजनिक बस, दुई ट्रक, भारतीय नम्बर प्लेटको गाडी र एक मोटरसाइकल एकआपसमा ठोक्किँदा पृथ्वी राजमार्ग केही समय पूर्ण रूपमा अवरुद्ध भए पनि सवारी साधन हटाएसँगै हाल सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

धादिङको धुनीवेशी नगरपालिका–६ चालिसेमा सात सवारी साधन एकआपसमा ठोक्किँदा यात्रु, विद्यार्थी र चालकहरू गरी धेरैजना घाइते भएका छन्। दुर्घटनामा संलग्न बस (बा १ प ९१७) गोरखाबाट काठमाडौंका लागि यात्रामा थियो। उक्त बसमा सवार ५१ वर्षीय बिनोद पोखरेल, ३३ वर्षीया मिना पनेरु, ६९ वर्षीया इन्द्र कुमारी देवकोटा र ६५ वर्षीया सिता गजुरेललाई निधार, हात र खुट्टामा चोट लागेको छ। मध्यम चोट लागेका पोखरेल, पनेरु र देवकोटालाई काठमाडौं रेफर गरिएको छ भने सिता गजुरेल स्थानीयस्तरमै उपचारत छन्। लमजुङका ४० वर्षीय अजय घिमिरे च्यापुमा चोट लागेर काठमाडौं पठाइएको छ। सुर्य घिमिरे र १५ वर्षीय कुशल घिमिरे भने सामान्य चोटपछि डिस्चार्ज भएका छन्।

स्कुल बस (बा.प्र.०६–००१ ग ००११) मा सवार अधिकांश विद्यार्थी र किशोर–किशोरी घाइते भएका छन्। १६ वर्षीय आस्विन प्रजा टाउकोमा चोट लागेर ट्रमा सेन्टर पठाइएको छ। चितवनका ४२ वर्षीय उदय बहादुर थापालाई दायाँ खुट्टामा चोट लागेको छ। १५ वर्षीया कविता सिँङका टाउकोमा १० टाँका लागेको छ भने यमवि श्रेष्ठलाई निधारमा १० टाँका लगाइएको छ। रमित परियारका दाहिने आँखामाथि १४ टाँका छ।

सचिन गुरुङ छातीको भित्री चोटका कारण उपचारत छन्। शिव लामिछाने, सन्तोष प्रजा, निशान गुरुङ, कमल गुरा, इस्माईल थिङ, कशिस तामाङ, राधिका चेपाङ, समिर मगर, कमला लामिछाने, विराज तामाङ, जयराम अर्याल, समिर परियार, जसमिन श्रेष्ठ, रविना सुनार, प्रतिमा मगर, आयुब बी.के. र बिमला तामाङलाई विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ। उनीहरूको उपचार धुनीवेशीमा जारी छ। स्कुल बसमा रहेका सुवित थिङ र मिलन तामाङ भने सामान्य उपचारपछि डिस्चार्ज भएका छन्।

अन्य सवारीमा गम्भीर घाइतेमध्ये थाक्रे–६ धादिङका ५९ वर्षीय सेख खलि छन्। मोटरसाइकल चालक खलिलाई शरीरका विभिन्न भागमा गम्भीर चोट लागेकाले टिचिङ अस्पताल पठाइएको छ। भारतीय नम्बर प्लेटको डिब्बा गाडी NL01AB4654 का ३०–३५ वर्ष उमेरका चालकको खुट्टा र घाँटीमा गम्भीर चोट लागेर ट्रमा सेन्टर रेफर गरिएको छ। बस चालक ४४ वर्षीय राजु कार्की भने सामान्य चोटसहित डिस्चार्ज गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय