२०८३ आश्विन १८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

बर्दियामा नागरिकता नपाएर एक युवतीले ज्यान गुमाएको संवेदनशील घटनाप्रति प्रधानमन्त्री सुशीला कार्कीले गहिरो चिंता व्यक्त गर्दै तत्काल छानबिन गर्न गृहमन्त्रीलाई निर्देशन दिएकी छन्। शनिबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले घटनाको सम्पूर्ण तथ्य–परक विवरण बुझ्न गृहमन्त्रीलाई अध्ययन प्रक्रिया सुरु गर्न आदेश दिएको खुलाएकी छन्।

प्रधानमन्त्री कार्कीका अनुसार बढैयाताल–४ की युवतीले नागरिकता प्राप्तिका लागि लामो समयदेखि गरिरहेको संघर्षकै बीच चरम निराशामा जीवन त्याग्नु परेको थियो। यसअघि युवतीको मृत्युको चार दिनमै उनका ६१ वर्षीय बाबुको पनि निधन भएपछि घटनाले राष्ट्रिय स्तरमा गम्भीर प्रश्न खडा गरेको उनले उल्लेख गरेकी छन्।

घटनाले समाज र राज्य दुवैको जिम्मेवारीप्रति गम्भीर प्रश्न उठाएको बताउँदै कार्कीले न्यायिक र प्रशासनिक प्रक्रियामा जटिलता वा ढिलाइका कारण यस्तो त्रासदी जन्मिएको हो भने प्रधानमन्त्रीका रूपमा आफूसँग क्षमायाचना गर्नुबाहेक विकल्प नरहेको उल्लेख गरिन्।

नागरिकता तथा लैंगिक आधारमा हुने विभेद कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पार्दै उनले सबै पक्षलाई पीडित परिवारलाई न्याय दिलाउने मार्गमा आवश्यक सहयोग गर्न अपिलसमेत गरेकी छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय