२०८२ माघ २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई साढे ७ वर्ष जेल सजाय | कुलमान घिसिङ भन्छन उज्यालो नेपाल सामाजिक सञ्जालबाट होइन, कामबाट स्थापित पार्टी हो | महेश बस्नेत भन्छन संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च अदालत भाग्न पाउँदैन | रुपन्देहीको शान्ति नमूना माविका विद्यार्थी सवार बस दुर्घटना | प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापिएको छ | सुन्तला बिक्रीबाट बागलुङमा करिब २७ करोडको आम्दानी | आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो | सिरहामा गोली हानी एक जनाको हत्या | निर्वाचन प्रयोजनका लागि १९ अर्ब १५ करोड स्रोत सहमति, ६ अर्ब ३५ करोड निकासा | मुग्लिन–नारायणगढ सडकखण्डमा बस पल्टिदा, ३८ जना घाइते |

नेपाल प्रिमियर लिग (एनपिएल) आज महत्वपूर्ण चरणमा प्रवेश गर्दैछ। प्रतियोगिताको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स एकअर्कासँग निर्णायक भिडन्तमा उत्रिन लागेका छन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आज अपराह्न ४ बजे हुने खेलले प्रत्यक्ष रूपमा फाइनल यात्राको बाटो तय गर्नेछ। लिग चरणको उत्कृष्ट प्रदर्शनका आधारमा सुदूरपश्चिम शीर्ष स्थानमा र विराटनगर दोस्रो स्थानमा उक्लँदै क्वालिफायरको सुनिश्चित गर्दै आएका हुन्।

सुदूरपश्चिमले लिगका सात खेलमध्ये छ खेल जितेर बलियो उपस्थितिको प्रमाण दिएको थियो। तर, उनीहरूका लागि एक मात्र हार विराटनगरले नै दिएको थियो, जसले आजको खेलमा मनोवैज्ञानिक दबाब पनि थपेको छ। यता विराटनगरले सातमध्ये पाँच खेल जितेको र चितवन तथा लुम्बिनीविरुद्ध मात्र हार व्यहोर्दै प्रतिस्पर्धी टोलीहरूको मूल्यांकन गराइसकेको छ।

आजको भिडन्तमा जित निकाल्ने टोली सिधैँ फाइनलमा प्रवेश गर्नेछ। पराजित टोलीका लागि पनि यात्रा रोकिने छैन, उनीहरू इलिमिनेटर खेलमार्फत पुनः फाइनल प्रवेशको दोस्रो अवसर पाउनेछन्।

एनपिएलको दोस्रो संस्करणमा आजको खेल ‘फाइनलपूर्वको फाइनल’ जस्तै मानिँदै छ, किनकि दुवै टोली बलियो फर्म, उत्कृष्ट प्रदर्शक र प्रतिशोध तथा प्रतिष्ठाको भावनासहित मैदानमा उत्रिंदैछन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय