२०८३ आश्विन १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

इटहरी-रामधुनी नगरपालिका-२ का ४५ वर्षीय सिटी सफारी चालक दिनेशकुमार चौधरीलाई गत असोज २५ गते गोली हानी हत्या गरेको घटनामा संलग्न सात जनालाई प्रहरीले दुई महिनापछि पक्राउ गरेको छ।

प्रारम्भिक अनुसन्धानका अनुसार, परिवारभित्रै लामो समयदेखि चलिरहेको तनाव, तन्त्रमन्त्रको डर र स्थानीय अन्धविश्वासका कारण योजनाबद्ध रूपमा हत्या गरिएको थियो। घटनामा संलग्नहरूमा रामधुनी–१ का राजेश उर्फ राजकिशोर साह, नन्दकिशोर साह, भोक्राहा नरसिंह गाउँपालिका-५ का मोहमद इब्रान मिया, देवानगन्ज गाउँपालिका-४ का गियास मन्सुरी, देवानगन्ज–५ का मिथलेश यादव, सप्तरी राजविराज नगरपालिका-१६ का अंकित साह र राजविराज–९ का प्रिन्स कुमार दास रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी केशवकुमार थेबेका अनुसार, मृतकले तन्त्रमन्त्रको अभ्यास गरी परिवारजनलाई लामो समयदेखि दुःख दिँदै आएको थियो। राजकिशोर साह र नन्दकिशोर साहले योजना बनाएर अन्य व्यक्तिहरूसँग मिलेर दिनेशकुमार चौधरीलाई गोली हानी हत्या गरेको अनुसन्धानबाट खुलेको छ।

सातै संलग्नले घटनामा संलग्नता स्वीकार गरेका छन्। प्रहरीले कर्तव्य ज्यानको मुद्धामा सुनसरी जिल्ला अदालतबाट १२ दिनको म्याद थप गरी आवश्यक कानुनी कारबाही गर्दै थप अनुसन्धान गरिरहेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय