२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

इटहरी-रामधुनी नगरपालिका-२ का ४५ वर्षीय सिटी सफारी चालक दिनेशकुमार चौधरीलाई गत असोज २५ गते गोली हानी हत्या गरेको घटनामा संलग्न सात जनालाई प्रहरीले दुई महिनापछि पक्राउ गरेको छ।

प्रारम्भिक अनुसन्धानका अनुसार, परिवारभित्रै लामो समयदेखि चलिरहेको तनाव, तन्त्रमन्त्रको डर र स्थानीय अन्धविश्वासका कारण योजनाबद्ध रूपमा हत्या गरिएको थियो। घटनामा संलग्नहरूमा रामधुनी–१ का राजेश उर्फ राजकिशोर साह, नन्दकिशोर साह, भोक्राहा नरसिंह गाउँपालिका-५ का मोहमद इब्रान मिया, देवानगन्ज गाउँपालिका-४ का गियास मन्सुरी, देवानगन्ज–५ का मिथलेश यादव, सप्तरी राजविराज नगरपालिका-१६ का अंकित साह र राजविराज–९ का प्रिन्स कुमार दास रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी केशवकुमार थेबेका अनुसार, मृतकले तन्त्रमन्त्रको अभ्यास गरी परिवारजनलाई लामो समयदेखि दुःख दिँदै आएको थियो। राजकिशोर साह र नन्दकिशोर साहले योजना बनाएर अन्य व्यक्तिहरूसँग मिलेर दिनेशकुमार चौधरीलाई गोली हानी हत्या गरेको अनुसन्धानबाट खुलेको छ।

सातै संलग्नले घटनामा संलग्नता स्वीकार गरेका छन्। प्रहरीले कर्तव्य ज्यानको मुद्धामा सुनसरी जिल्ला अदालतबाट १२ दिनको म्याद थप गरी आवश्यक कानुनी कारबाही गर्दै थप अनुसन्धान गरिरहेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय