मधेस प्रदेशका एमाले नेता शिवशंकर साह ‘हिरा’लाई १३ वर्षीया बालिकालाई बन्धक बनाएर बलात्कार गरेको गम्भीर आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ। परिवारले दिएको उजुरीपछि उनी केही समयदेखि फरार रहेको जनाइएको थियो।
उजुरीअनुसार, कात्तिक २२ गते जनकपुरको जानकी चोक नजिकै रहेको एक होटेलमा साहले बालिकालाई जबर्जस्ती थुनाबन्दी गरेर दुई दिनसम्म निरन्तर दुव्र्यवहार गरेका थिए। बालिकाका अभिभावकले घटना सार्वजनिक गरेपछि उनलाई पक्राउ गर्न ठूलो खोजी थालिएको थियो।
फरार साह भारततर्फ लागेको प्रहरीले पत्ता लगाएपछि नेपाल–भारत समन्वयमार्फत सीतामढीबाट पक्राउ गरिएको जनाइएको छ। मंगलबार राति उनलाई नेपाल ल्याइ अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। साह एमाले मधेस प्रदेश कमिटीका सदस्य र जनकपुर उपमहानगर कमिटीका इन्चार्ज रहेका कारण यो घटना राजनीतिक वृत्तमै ठूलो विवादको विषय बनेको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
