२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को रोमाञ्चक खेलमा लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश गर्दै शीर्ष यात्रातर्फ एक कदम नजिक पुगेको छ। बुधबार सम्पन्न इलिमिनेटरमा काठमाण्डु गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले उपाधि होडमा आफ्नो दाबी अझ मजबुत बनायो।

टीयु मैदानमा काठमाण्डुले दिएको ११२ रनको सानो लक्ष्य लुम्बिनीले १७ ओभर ४ बलमै पुरा गर्‍यो। ओपनर डार्सी सर्टको ३३ रनको योगदान जितको आधार बन्यो भने सन्दीप जोरा (२३), कप्तान रोहित पौडेल (१८) र निरोशन डिक्वेला (१४) ले समेत सहज रन जोडे।

काठमाण्डुका सन्तोष यादवले दुई विकेट लिए भने करण केसी, सन्नी पटेल, शाहव आलम र रसिद खानले एक–एक विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेका काठमाण्डुका खेलाडीहरू लुम्बिनीको बलिङ आक्रमणअगाडि जम्न सकेनन्। १९ ओभर एक बलमै १११ रनमा समेटिएको काठमाण्डुको पारी सन्तोष यादवका २३ रनमा अडिएको थियो। जोन सिम्पसन र मोहम्मद आदिल आलमले १८–१८ रन जोडे पनि मध्यम क्रमले अपेक्षित प्रदर्शन गर्न सकेन।

लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्लले समान ३–३ विकेट लिए भने रुबेन ट्रम्पलम्यानले २ र अभिषेश गौतमले १ विकेट झारे।

अब लुम्बिनी लायन्सले बिहीबार विराटनगर किङ्ससँग दोस्रो क्वालिफायरमा भिड्नेछ। सो खेलको विजेता शनिबार सुदूरपश्चिम रोयल्ससँग उपाधिका लागि भिडन्त गर्नेछ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय