२०८३ आश्विन २० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को रोमाञ्चक खेलमा लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश गर्दै शीर्ष यात्रातर्फ एक कदम नजिक पुगेको छ। बुधबार सम्पन्न इलिमिनेटरमा काठमाण्डु गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले उपाधि होडमा आफ्नो दाबी अझ मजबुत बनायो।

टीयु मैदानमा काठमाण्डुले दिएको ११२ रनको सानो लक्ष्य लुम्बिनीले १७ ओभर ४ बलमै पुरा गर्‍यो। ओपनर डार्सी सर्टको ३३ रनको योगदान जितको आधार बन्यो भने सन्दीप जोरा (२३), कप्तान रोहित पौडेल (१८) र निरोशन डिक्वेला (१४) ले समेत सहज रन जोडे।

काठमाण्डुका सन्तोष यादवले दुई विकेट लिए भने करण केसी, सन्नी पटेल, शाहव आलम र रसिद खानले एक–एक विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेका काठमाण्डुका खेलाडीहरू लुम्बिनीको बलिङ आक्रमणअगाडि जम्न सकेनन्। १९ ओभर एक बलमै १११ रनमा समेटिएको काठमाण्डुको पारी सन्तोष यादवका २३ रनमा अडिएको थियो। जोन सिम्पसन र मोहम्मद आदिल आलमले १८–१८ रन जोडे पनि मध्यम क्रमले अपेक्षित प्रदर्शन गर्न सकेन।

लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्लले समान ३–३ विकेट लिए भने रुबेन ट्रम्पलम्यानले २ र अभिषेश गौतमले १ विकेट झारे।

अब लुम्बिनी लायन्सले बिहीबार विराटनगर किङ्ससँग दोस्रो क्वालिफायरमा भिड्नेछ। सो खेलको विजेता शनिबार सुदूरपश्चिम रोयल्ससँग उपाधिका लागि भिडन्त गर्नेछ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय