२०८३ आश्विन १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

क्रिकेट रंगशाला निर्माणका विवाद, बढ्दो ऋण र अमेरिका पुगेको आरोपबीच कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले सार्वजनिक रूपमा प्रतिक्रिया दिएका छन्। उनले आफू र परिवार अमेरिका ‘भागेको’ दाबीलाई अस्वीकार गर्दै छोरीको उपचारका लागि बाध्यतावश अमेरिका आएको स्पष्ट पारे।

हालै एक कार्यक्रममार्फत धुर्मुसले अमेरिकाको ‘एक्स्ट्रा अर्डिनरी ग्रिनकार्ड’ लिएको उल्लेख भएपछि उनी चर्को आलोचनामा परेका थिए। उनले शुक्रबार बिहान सार्वजनिक गरेको लामो स्पष्टीकरणमा छोरी सुविहानीको जटिल स्वास्थ्य समस्याका कारण अहिले अमेरिका बस्नुपर्ने स्थिती आएको बताए।

छोरीको जटिल अवस्था पहिलोपटक सार्वजनिक

धुर्मुसका अनुसार छोरी जन्मिएको १६ दिनमै म्यानेन्जाइटिस भएर ठूलो समस्या देखिएको थियो। हाल उनको दाहिने खुट्टा देब्रेभन्दा ७ सेन्टिमिटर सानो छ र ‘हड्डी तन्काउने’ उपचार निकै लामो तथा कष्टकर हुने भएकाले नेपाल र भारतका चिकित्सकले अमेरिकामा उपचार गर्न सिफारिस गरेका थिए।

“रहरले होइन, परिस्थितिको दास बनेर आएका हौँ,” उनले लेखे।

‘अमेरिकामा व्यवसाय गरेका छैनौँ’

सार्वजनिक समाचारहरूमा उठाइएका ‘पेट्रोल पम्प’, ‘लिक्वर सप’ र अन्य व्यवसायका दाबी असत्य भएको उनले दाबी गरे।
“न व्यवसाय छ, न लगानी। उपचार पूरा भएपछि नेपाल फर्किन्छौँ,” धुर्मुसको भनाइ छ।

रंगशाला ऋण र राज्यप्रति गुनासो

सिमरा रंगशाला निर्माणका क्रममा लागेको १८ करोड ४३ लाख रुपैयाँको ऋण अझै पनि आफ्नो काँधमै रहेको उनले उल्लेख गरे। भरतपुर महानगरलाई ६० करोड बराबरको संरचना बुझाइसक्दा पनि आफूलाई ‘ठग’ करार गर्न खोजिएको भन्दै धुर्मुसले आक्रोश व्यक्त गरे।

उनका अनुसार ५ वर्षसम्म सिंहदरबार धाउँदा पनि सरकारले प्रक्रियागत झमेला देखाएर भुक्तानी नदिँदा मानसिक तनाव र ‘एन्जाइटी’ समेत भइरहेको छ।

नेपाल फर्केर कलाकारितामै सक्रिय हुने इच्छा

धुर्मुसले आफू र परिवार उपचारपछि नेपाल फर्कने प्रतिबद्धता व्यक्त गर्दै, कलाकारितामा फर्किन राज्यले रंगशाला सम्बन्धी विवाद र ऋणको बोझबाट मुक्त गरिदिनुपर्ने माग राखेका छन्।

“हामी भागेका होइनौँ। राज्यले रंगशालाको समस्या समाधान गरिदिएर कलाकारितामा फर्किने वातावरण बनाइदियोस्,” उनले भने।

यससँगै धुर्मुसले आलोचना र भ्रमपूर्ण समाचारभन्दा आफूहरूको वास्तविकता बुझिदिन सर्वसाधारण र राज्यसमक्ष आग्रह गरेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय