२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि मनोनीत १०८ जना प्रतिनिधिको सूचीलाई लिएर पार्टीभित्र असन्तुष्टि देखिएको छ। अध्यक्षका आकांक्षी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षले उक्त सूचीप्रति औपचारिक रूपमा असहमति जनाएको हो।

शुक्रबार बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष पोखरेलबीच बसेर मनोनीत प्रतिनिधिको टुंगो लगाउने सहमति भएको थियो। सोही सहमतिअनुसार आज बिहान दुवै नेताबीच छलफल गरेर अन्तिम सूची सार्वजनिक गर्ने योजना थियो। तर, सहमतिविपरीत एकलौटी रूपमा सूची सार्वजनिक गरिएको पोखरेल पक्षको आरोप छ।

पोखरेल समूहका नेताहरूका अनुसार हिजोको बैठकमा अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष पोखरेलले आ–आफ्नो समूहबाट अलग–अलग सूची पेस गरेका थिए। त्यसपछि दुवै सूचीका नामहरूबीच सहमति खोज्ने निर्णय भएको थियो। तर, आज सार्वजनिक सूचीमा सहमतिको प्रयास नदेखिएको उनीहरूको भनाइ छ।

एमाले सचिव योगेश भट्टराईले पनि सार्वजनिक सूची सहमति हुने खालको नभएको प्रतिक्रिया दिएका छन्। “हिजो अध्यक्षले पेस गरेकै सूची जस्ताको तस्तै आएको छ,” उनले बताए, “सहमति गरेर अघि बढ्ने वातावरण देखिएन।”

मनोनीत प्रतिनिधिको विषयलाई लिएर देखिएको यो असहमतिले महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीभित्रको आन्तरिक समीकरणलाई थप चासोको विषय बनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय