२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औँ महाधिवेशनमा बोल्दै एमालेको उपलब्धि र भविष्यप्रति प्रतिबद्धता व्यक्त गरे। उनले भने, “हामी सपना देख्छौं, तर केवल सपना बाँड्दैनौं। प्रत्येक दिन यस यात्रामा एक पाइला अघि बढ्छौं। एमालेको योगदानले मुलुकको आर्थिक वृद्धि र सामाजिक उन्नति सुनिश्चित गरेको छ।”

ओलीले पार्टीले सामना गरेका बाधा र चुनौतीहरूको चर्चा गर्दै एमाले जनताको मन र मुटुमा गहिरो स्थानमा रहेको बताए। उनका अनुसार, “सबै बाधा छिचोलेर आज हामी यहाँ छौं। यही विरासतले गर्दा आज पनि पार्टी जनताको मनमनमा र मुटुमुटुमा बस्दो पार्टी बनेको छ।”

उनले लोकतन्त्रलाई केवल राजनीतिक सीमाभित्र सीमित नराखी, सिंगो देश र जनताको सुरक्षा, सम्मान र उन्नतिका लागि राजनीति हुनुपर्ने धारणा व्यक्त गरे। अध्यक्ष ओलीले मानव संसाधनको विकास, खुशियाली, विश्व शान्ति, सामाजिक न्याय, समानता र मानव अधिकारको पक्षमा राजनीति हुनु आवश्यक रहेको बताए।

ओलीको सम्बोधनले पार्टीभित्र एकता, प्रतिबद्धता र आगामी कार्ययोजनाप्रति उत्साह थपेको छ। उनले सबै सहभागी कार्यकर्तालाई पार्टीको दर्शन र जनताको सेवा गर्दै अघि बढ्न आह्वान गरे।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय