२०८२ मंसिर २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले गरे पार्टीभित्र चुनाव नलड्ने निर्णय | आमोदप्रसाद उपाध्यायको निधनप्रति शोक व्यक्त गर्न कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक | नेपाली बजारमा सुनले तोड्यो कीर्तिमान मूल्य हालसम्मकै उच्च | एमाले केन्द्रीय कमिटी ३०१ सदस्यीय नै रहने निर्णय | सैन्य परिषद्का सदस्य रायद साद इजरायलको हवाई आक्रमणमा मारिए | पश्चिमी वायूको प्रभावले ५ डिग्रीमा झर्‍यो काठमाडौंको तापक्रम | रोहित पौडेलले एकै सिजनमा जिते उपाधि, कार र बाइक | बन्दसत्र स्थगित गर्दै एमालेले केन्द्रीय समिति बैठक डाक्यो विधान संशोधन मुख्य एजेन्डा | पहाडी भेगमा आंशिक बदली बाँकी क्षेत्रमा मौसम खुला रहने पूर्वानुमान | प्रतिनिधिसभा निर्वाचन हुन अब ८१ दिन मात्र बाँकी दलहरूको गतिविधि तीव्र |

नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि बसेको बैठकले पार्टीको केन्द्रीय कमिटी ३०१ सदस्यीय नै कायम राख्ने निर्णय गरेको छ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले १०औँ महाधिवेशनमा निर्धारण गरिएको संरचनाअनुसार केन्द्रीय कमिटी यथावत् राख्ने प्रस्ताव प्रस्तुत गरेका थिए, जसलाई बहुमतले समर्थन गरेको हो। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित केही नेताहरूले विधान महाधिवेशनबाट पारित विषयमा परिवर्तन नगर्न आग्रह गरे पनि अन्ततः बहुमतले पुरानै संरचना निरन्तरता दिने निर्णय गरेको बताइएको छ।

बैठकको सुरुवातमा अध्यक्ष ओलीले महाधिवेशन उद्घाटन समारोहमा देखिएको कार्यकर्ताको उल्लेखनीय उपस्थितिले देशमा राजनीतिक दलहरूको आवश्यकता र औचित्य अझ स्पष्ट भएको टिप्पणी गरे।

११औँ महाधिवेशनको बन्दसत्र आजबाट सुरु हुँदै छ, जहाँ पार्टीको आगामी नेतृत्व चयन र नीतिगत विषयमा छलफल हुने कार्यक्रम रहेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय