२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आ–आफ्नै प्यानलसहित मैदानमा उत्रिने भएका छन्। यससँगै महाधिवेशनको प्रतिस्पर्धा औपचारिक रूपमा प्यानल–प्यानलको लडाइँमा परिणत भएको छ।

संस्थापनइतर धारबाट अध्यक्ष पदमा ईश्वर पोखरेल उम्मेदवार बन्ने भएका छन्। उनको प्यानलबाट उपाध्यक्षमा गोकर्ण विष्ट, परशुमेघी गुरुङ, विन्दा पाण्डे र अरुण नेपाल प्रतिस्पर्धामा उत्रिने तय भएको छ। उपाध्यक्ष पदका लागि एक जना उम्मेदवारको नाम भने अझै टुंगो लाग्न बाँकी रहेको स्रोतले जनाएको छ।

ईश्वर प्यानलबाट महासचिव पदमा सुरेन्द्र पाण्डे र उपमहासचिवमा योगेश भट्टराई उम्मेदवार बन्ने भएका छन्। बाँकी दुई उपमहासचिव कसलाई अघि सार्ने भन्ने विषयमा छलफल जारी रहेको बताइएको छ।

सचिव पदका लागि ईश्वर प्यानलबाट रचना खड्का, कर्ण थापा, विनोद ढकाल, कृष्णगोपाल श्रेष्ठ, ठाकुर गैरे र इन्द्रलाल सापकोटासहित गोकुल बास्कोटा उम्मेदवार बन्ने भएका छन्।

कुनै समय अध्यक्ष ओलीका निकट र विश्वासपात्र मानिएका बास्कोटा यसपटक ईश्वर पोखरेलको प्यानलबाट सचिव पदमा उभिन लागेपछि महाधिवेशनको राजनीतिक समीकरण थप चासोको विषय बनेको छ। सचिवका बाँकी दुई उम्मेदवारको नाम तय गर्न छलफल जारी रहेको स्रोतको भनाइ छ।

महाधिवेशनमा नेतृत्व चयनलाई लिएर आन्तरिक शक्ति सन्तुलन स्पष्ट देखिन थालेको छ। प्यानल घोषणासँगै एमालेभित्रको प्रतिस्पर्धा अझ तीव्र हुने संकेत देखिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय