२०८२ चैत्र १६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
सांसदसँग छलफलमा बालेन: जनताले अनुभूति गर्ने कामको सूची माग | युवती जलाएर हत्या घटनामा कडा कारबाहीको माग बढ्दो | किन हटाइयो इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णयको सूचना? | मन्त्रीहरूपछि सांसदसँग संवादमा जुटे प्रधानमन्त्री बालेन्द्र शाह | ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन छुट्टाछुट्टै इजलासमा | ओलीको उपचारमा प्रभावकारी व्यवस्था गर्न अदालतको आदेश | वैशाखदेखि प्रवेश परीक्षा तयारी कक्षा बन्द गर्न सरकारको निर्देशन | पूर्वमन्त्री दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति | ओली–लेखकलाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति | बद्नाम पूर्वमन्त्री दिपक खड्का जोडिएका विवाद र आज पक्राउ पर्नुको कारण के हो ? |

नेकपा (एमाले) को ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। पार्टीको नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आ–आफ्नो प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन्।

ओली प्यानलबाट उपाध्यक्ष पदमा रामबहादुर थापा, विष्णु प्रसाद पौडेल, गुरु बराल र पृथ्वी सुब्बा गुरुङ उम्मेदवार छन्। यसअघि उपाध्यक्षको चर्चा गरिएका प्रदीप ज्ञवालीले भने अन्तिम समयमा उम्मेदवारी नदिने निर्णय गरेका छन्। महासचिव पद नपाएपछि उनले पदाधिकारी नलिने घोषणा गर्दै केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिएका हुन्।

ओली पक्षबाट महासचिवमा शंकर पोखरेल उम्मेदवार बनेका छन्। उपमहासचिवमा विष्णु रिमाल, रघुवीर महासेठ र लेखराज भट्ट रहेका छन् भने सचिव पदका लागि पद्मा अर्याल, शेरधन राई, यामलाल कँडेल, राजन भट्टराई, महेश बस्नेत, छबिलाल विश्वकर्मा, खगराज अधिकारी, हिक्मत कार्की र भानुभक्त ढकाल प्रतिस्पर्धामा छन्।

यसैबीच ओली प्यानलमा नपरेका केही नेताहरू स्वतन्त्र रूपमा मैदानमा उत्रिएका छन्। प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले उपमहासचिवमा उम्मेदवारी दिएका छन् भने अग्नि खरेल र लालबाबु पण्डित सचिव पदका लागि प्रतिस्पर्धामा छन्।

ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्षमा बिन्दा पाण्डे, परशुराम मेघी गुरुङ, गोकर्ण विष्ट, अरुण नेपाल र रघुजी पन्त उम्मेदवार बनेका छन्। महासचिवमा सुरेन्द्र पाण्डे, उपमहासचिवमा योगेश भट्टराई, बैजनाथ चौधरी र आनन्द पोखरेलको उम्मेदवारी परेको छ। सचिव पदका लागि गोकुल बास्कोटा, कर्ण थापा, ठाकुर गैरे, रचना खड्का, विनोद ढकाल, पुरुषोत्तम पौडेल र कृष्णगोपाल श्रेष्ठ प्रतिस्पर्धामा छन्। १९ सदस्यीय पदाधिकारीमध्ये पोखरेल प्यानलबाट १७ जनाको मात्रै उम्मेदवारी परेको छ।

एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार आज बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विद्युतीय मतदान प्रणालीमार्फत मतदान हुनेछ। मतदान सम्पन्न भएपछि आजै मतगणना सुरु हुने आयोगले जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय