२०८२ चैत्र २० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
एक सातामै फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, काठमाडौँमा पेट्रोल २०२ रुपैयाँ | सुनको मूल्य यथावत्, चाँदीमा सामान्य वृद्धि | अनलाइन बोलपत्र ह्याक प्रकरण: निर्माण व्यवसायी सागर कटुवाल पक्राउ | रिक्त स्थानीय तहमा कर्मचारी पठाउन मन्त्रालय सक्रिय ७८ पालिकामा अधिकृत नियुक्त | सम्पत्ति शुद्धीकरण प्रकरण: दीपक भट्टमाथि १० दिन थुनामा राख्न अदालतको आदेश | बादलको अभिव्यक्तिपछि एमालेमा हलचल सचिवालय बैठक बोलाइयो | सार्वजनिक सेवा र कर्मचारी आचरणमा सुधारका लागि मुख्य सचिवले दिए सबै निकायलाई कडा निर्देशन | ‘राष्ट्रघाती सन्धी’ भन्दै एमसीसी खारेज गर्न हर्क साम्पाङको माग | नेतृत्वविरुद्ध आवेगात्मक टिप्पणी नगर्न सुहाङ नेम्वाङको अपिल | कडा टिप्पणीसहित एमालेले दियो प्रधानमन्त्री बालेन शाहलाई बधाई |

बजारमा स्वच्छता र उपभोक्ता अधिकार सुनिश्चित गर्न सक्रिय रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित अनुगमनका क्रममा तीन वटा होटललाई नगद जरिवाना गरेको छ ।

विभागले सार्वजनिक गरेको विवरणअनुसार कोटेश्वरस्थित होटल ब्लिस्फुल प्रालिलाई ५० हजार रुपैयाँ, गोल्मादेवी भोजनालय एण्ड लजलाई पाँच हजार रुपैयाँ र चडेश्वरी नेवारी खाजा घर, कोटेश्वरलाई पाँच हजार रुपैयाँ जरिवाना गरिएको हो । ती फर्महरूलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ अनुसार कसुर ठहर गरी सोही ऐनको दफा ३९ (१) बमोजिम कारबाही गरिएको विभागले जनाएको छ ।

यसैक्रममा विभागले थप ११ वटा फर्मको स्थलगत अनुगमन तथा निरीक्षण गरी सुधारात्मक निर्देशनसमेत दिएको छ । विभागका अनुसार कालोबजारी नियन्त्रण, अखाद्य वस्तुको बिक्री वितरण रोकथाम तथा प्रचलित कानुनको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न नियमित रूपमा बजार अनुगमनलाई निरन्तरता दिइँदै आएको छ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय