२०८३ श्रावण २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारका विरुद्ध १३ बुँदे माग प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष औपचारिक रूपमा ज्ञापनपत्र बुझाएको छ। पार्टी महासचिव विप्लव ‘सी’ स्वयं मंगलबार शीतल निवास पुगेर राष्ट्रपति पौडेललाई उक्त ज्ञापनपत्र हस्तान्तरण गर्नुभएको हो।

ज्ञापनपत्रमा मुलुकमा बढ्दो राजनीतिक अन्योल, सुशासनको गम्भीर संकट र संरचनागत सुधारको आवश्यकता औँल्याइएको छ। पार्टीले वर्तमान राजनीतिक अवस्थाले जनआकांक्षा सम्बोधन गर्न नसकेको दाबी गर्दै समग्र शासन प्रणालीमाथि प्रश्न उठाएको छ।

विप्लव नेतृत्वको पार्टीले जेन–जी आन्दोलनपछि देशमा राजनीतिक अस्थिरता अझ चर्किएको उल्लेख गरेको छ। यसै पृष्ठभूमिमा वर्तमान अवस्थालाई सम्बोधन गर्न अन्तरिम सरकार खारेज गरी सर्वपक्षीय सरकार गठन गर्नुपर्ने माग ज्ञापनपत्रमार्फत अघि सारिएको छ।

पार्टीले आफ्नो मागप्रति गम्भीर ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले तोकिएको समयसीमाभित्र उचित पहल नगरे थप कदम चाल्ने संकेतसमेत दिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय