राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीच आज हुने भनिएको सम्झौता टरेको छ।
मेयर साह नगरसभामा व्यस्त रहेकाले सहमतिपत्रलाई अन्तिम रूप दिन नसकिएको स्रोतले जनाएको छ। आज दिनभरि नै दुवै पक्षका वार्ताकारहरू सहमतिका मस्यौदा तयार गर्न सक्रिय थिए।
वार्ताकारहरूले रास्वपा सभापति लामिछानेलाई भेटेर मस्यौदामा छलफल गरेका थिए। तर मेयर साहसँग अन्तिम छलफल हुन बाँकी रहेको छ।
दुई पक्षबीच अधिकांश विषयमा सहमति जुटिसकेको छ। भोलि निर्णायक छलफल गरेर सहमतिपत्रमा हस्ताक्षर गर्ने तयारी भइरहेको स्रोतको भनाइ छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
