२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुबीच सोमबार भेटवार्ता हुने भएको छ। गाजामा युद्धविरामको प्रक्रिया अगाडि बढाउने प्रयास भइरहेका बेला इजरायलले ढिलाइ गरिरहेको भन्दै ट्रम्पको टोली असन्तुष्ट बनेको छ।

अक्सियोसको रिपोर्टअनुसार ट्रम्प र नेतन्याहुबीच फ्लोरिडास्थित ट्रम्पको निवास मार–ए–लागोमा गाजाको शान्ति प्रक्रियाबारे छलफल हुनेछ। ट्रम्पको टोलीले नेतन्याहुले युद्धविरामको ढाँचा जानाजानी लम्ब्याइरहेको ठान्दै आएको बताइएको छ।

रिपोर्टमा ट्रम्प प्रशासन नेतन्याहुको भूमिकाप्रति निराश हुँदै गएको उल्लेख छ। नेतन्याहुले ट्रम्पलाई अझ कडा नीति अपनाउन दबाब दिँदै युद्ध पुनः सुरु गर्न सक्ने चिन्ता समेत व्यक्त गरिएको छ।

ह्वाइट हाउस गाजामा छिटो शान्ति प्रक्रिया अघि बढाउन चाहन्छ। त्यहाँ अन्तर्राष्ट्रिय समर्थनसहितको प्यालेस्टिनी प्राविधिक सरकार गठन गर्ने योजना पनि छलफलमा रहेको बताइएको छ।

यसैबीच, अमेरिकी विशेष दूत स्टिभ विटकोफ र ट्रम्पका ज्वाइँ जेरेड कुशनरले इजिप्ट, कतार र टर्कीसँग मिलेर सम्झौताका दोस्रो चरणबारे समन्वय गरिरहेका छन्। तर नेतन्याहुले गाजाको निशस्त्रीकरणप्रति शंका व्यक्त गर्दै आएका छन्।

सोमबारको भेटमा ट्रम्पले वेस्ट बैंकको अवस्था, प्यालेस्टिनी प्राधिकरण कमजोर हुने सम्भावना, बस्ती विस्तार र रोकिने कर राजस्वका विषय पनि उठाउने अपेक्षा गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय