२०८३ आश्विन २० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

सप्तरीमा शीतलहरका कारण दुई स्थानीय तहका विद्यालय बन्द भएका छन्। केही दिनयता अत्यधिक चिसोसँगै चलेको शीतलहरले जनजीवन प्रभावित भएपछि बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै विद्यालय बन्द गरिएको हो।

जिल्लाको डाक्नेश्वरी नगरपालिका र राजगढ गाउँपालिकाले सूचना जारी गर्दै पुस १४ गतेदेखि १८ गतेसम्म पाँच दिनका लागि सबै विद्यालयमा बिदा दिएका छन्।

डाक्नेश्वरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार मण्डलले नगरभित्रका सबै निजी तथा सामुदायिक विद्यालयमा पाँच दिनका लागि बिदा दिइएको जानकारी दिए।

यस्तै, राजगढ गाउँपालिकाका कार्यवाहक अध्यक्ष रेणुदेवी मण्डलले बढ्दो चिसो र शीतलहरका कारण विद्यालयमा अध्ययनरत बालबालिकाको स्वास्थ्य जोखिममा पर्न सक्ने भएकाले बिदा दिइएको बताइन्।

पालिकाले जारी गरेको सूचनाअनुसार सोमबारदेखि शुक्रबारसम्म प्रशासनिक काम बाहेक नियमित पठनपाठन बन्द रहनेछ र बिदा वर्षे तथा हिउँदे बिदाबाट कट्टा गरिनेछ।

सप्तरीमा पछिल्लो दुई सातादेखि चिसो बढ्दै गएको छ। पछिल्ला चार दिनदेखि लगातार चलेको शीतलहरका कारण बिहान–बेलुका हुस्सु लाग्ने र दिउँसो चिसो हावा चल्ने गरेको छ। यसले बालबालिका, वृद्ध र पशुचौपायामा समेत असर पारेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय