२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध | रास्वपाले साउन २५ देखि ‘हामी सुन्छौँ’ अभियान सुरु गर्ने | धवल शम्शेर राणा र दुर्गा प्रसाईंले घोषणा गरे ‘जय नेपाल पार्टी | सोधपुछका लागि बोलाइएका अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाका प्रतिनिधि समितिमा उपस्थित भएनन् | काठमाडौंबाट स्थानान्तरण गरिएका ५१ ‘सुकुमबासी’को जग्गा छ : मन्त्री प्रतिभा रावल |

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा ११० जना समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएको छ। दिनभर भएको लामो छलफलपछि पार्टीले सोमबार राति मात्रै सूची दर्ता गराएको हो।

रास्वपाको समानुपातिक सूचीमा विभिन्न क्षेत्रका चर्चित व्यक्तिहरू समेटिएका छन्। पूर्व मिस नेपाल २०१९ अनुष्का शर्मा आदिवासी महिला क्लस्टरको चौथो नम्बरमा परेकी छन्।

लोकप्रिय लोकदोहोरी गायक प्रकाश सपुत पनि समानुपातिक सूचीमा छन्। उनी दलित क्लस्टरबाट दोस्रो नम्बरमा छन्। सो क्लस्टरको पहिलो नम्बरमा रूपक विश्वकर्मा घिमिरे छन्।

अभिनेत्री रीमा विश्वकर्मा दलित महिला क्लस्टरबाट पहिलो नम्बरमा समेटिएकी छन्। फिल्म निर्माता तथा टेलिभिजन प्रस्तोता आसिफ शाह मुस्लिम क्लस्टरको पहिलो नम्बरमा छन्।

गायिका सत्यकला राई र त्रिसाला गुरुङ पनि समानुपातिक सूचीमा समावेश छन्। क्रिकेटर ज्ञानेन्द्र मल्ल आदिवासी जनजाति क्लस्टरको पाँचौँ नम्बरमा छन्। उनीभन्दा अगाडि डा. राम लामा, खुश्वुसरकार श्रेष्ठ, मिङ्मा ग्याबु शेर्पा र डा. मनोहर प्रधान रहेका छन्।

गोल्डस्टार जुत्ता कम्पनीकी कार्यकारी निर्देशक विदुषी राणा खस–आर्य महिला क्लस्टरबाट दोस्रो नम्बरमा छन्। उक्त क्लस्टरको पहिलो नम्बरमा प्रतिभा रावल परेकी छन्।

जेनजी अभियानका अभियन्ता पुरुषोत्तम यादव पनि सूचीमा छन्। त्यसैगरी राष्ट्रिय मानवअधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारी, अधिकारकर्मी उर्मिला चौधरी र डा. रामजी राम पनि रास्वपाको समानुपातिक उम्मेदवार सूचीमा समेटिएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय