२०८३ जेष्ठ ३० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
काभ्रे बस दुर्घटना : आठ जनाको मृत्यु, उद्धार जारी | सांसदको प्रश्नपछि वाग्लेको टिप्पणी– विनियोजन विधेयक नपढिएको जस्तो लाग्यो | अर्थमन्त्री वाग्ले प्रकरणमा छानबिन नहुने, सरकार भन्छ– स्पष्टीकरण पर्याप्त | रास्वपा अधिवेशनस्थलबाहिर जेन–जी पक्षधरको धर्ना | आइतबार चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल | अन्तिम १० मिनेटमा चम्कियो दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै महत्वपूर्ण जित | सांसद रञ्जुको प्रश्न– ह्वाट्सएप ह्याक गरेर लुटिएको पैसा कहाँ गइरहेको छ ? | समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ |

 प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले राष्ट्रिय एकता र मेलमिलापको नीति लिई स्वदेश फर्किएको सम्झनामा आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदैछ।

विसं २०३३ पुस १६ गते आठ वटा मृत्युदण्डका मुद्दा सामना गरिरहेका अवस्थामा पनि बिपी कोइरालाले राष्ट्रियताको रक्षा र लोकतन्त्रका लागि जीवन अर्पण गर्ने अठोटसहित निर्वासन त्यागेर नेपाल फर्किने निर्णय गरेका थिए। उनको नेतृत्वमा गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायत नेताहरू पनि स्वदेश फर्किएका थिए।

भारतमा निर्वासनमा रहँदा सिक्किम भारतमा विलय भएको घटनासहित क्षेत्रीय राजनीतिक अवस्थालाई नजिकबाट देखेका बिपी कोइरालाले देशको एकता कमजोर हुन नदिन मेलमिलापको नीति अघि सारेका थिए। करिब आठ वर्षको निर्वासित जीवन त्यागेर उनीहरू ४९ वर्षअघि आजकै दिन नेपाल फर्किएका हुन्।

विसं २०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रको शाही कदमपछि बिपी कोइरालालाई सिंहदरबारमा बन्दी बनाइएको थियो। पछि उनलाई सुन्दरीजल बन्दीगृहमा राखिएको थियो। विसं २०२५ मा उपचारका लागि रिहा भएका कोइरालाले भारत गएर निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध राजनीतिक गतिविधि अघि बढाएका थिए।

नेपाल फर्किएलगत्तै बिपी कोइराला र गणेशमान सिंहलगायत नेताहरू पुनः पक्राउ गरी सुन्दरीजलमा थुनिएका थिए। सुन्दरीजल बन्दीगृहमा बस्दाका बेला कोइरालाले ‘श्वेतभैरवी’, ‘सुम्निमा’, ‘तीन घुम्ती’, ‘मोदिआइन’, ‘हिटलर र यहुदी’ लगायत साहित्यिक कृति र आत्मकथा लेखेका थिए। यही बन्दीगृहलाई पछि बिपी सङ्ग्रहालयमा रूपान्तरण गरिएको हो।

मेलमिलाप दिवसका अवसरमा आज नेपाली कांग्रेस तथा यसका भ्रातृ र शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गर्दैछन्। बिपी सङ्ग्रहालयले पनि विशेष कार्यक्रम गर्ने जनाएको छ। यद्यपि, पुस १६ गते मनाइने यो दिवस औपचारिकतामा सीमित भएको टिप्पणी पनि समय–समयमा उठ्दै आएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय