२०८३ श्रावण २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

पोखरामा आजदेखि आगामी २१ गतेसम्म दैनिक पाँच घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले कुँडहर सबस्टेसनको मर्मत तथा स्तरोन्नतिको काम सुरु गरेकाले विद्युत् कटौती गर्नुपरेको जनाएको छ।

प्राधिकरणका अनुसार चार दिनसम्म बिहान ६ बजेदेखि ११ बजेसम्म बत्ती काटिनेछ। कुँडहर सबस्टेसनको १३२ केभी बसबार स्तरोन्नति गर्नुपर्ने भएकाले उक्त समयमा सबै फिडर बन्द गरिने पोखरा वितरण केन्द्रले जानकारी दिएको छ।

विद्युत् कटौतीका कारण पोखराको विजयपुरदेखि हरिचोकसम्मका अधिकांश क्षेत्रमा असर पर्नेछ। प्राधिकरणले मर्मत कार्य समयभन्दा अगाडि सकिएमा तोकिएको समयभन्दा पहिले नै विद्युत् आपूर्ति पुनः सुचारु गरिने जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय