२०८३ जेष्ठ ३० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
काभ्रे बस दुर्घटना : आठ जनाको मृत्यु, उद्धार जारी | सांसदको प्रश्नपछि वाग्लेको टिप्पणी– विनियोजन विधेयक नपढिएको जस्तो लाग्यो | अर्थमन्त्री वाग्ले प्रकरणमा छानबिन नहुने, सरकार भन्छ– स्पष्टीकरण पर्याप्त | रास्वपा अधिवेशनस्थलबाहिर जेन–जी पक्षधरको धर्ना | आइतबार चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल | अन्तिम १० मिनेटमा चम्कियो दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै महत्वपूर्ण जित | सांसद रञ्जुको प्रश्न– ह्वाट्सएप ह्याक गरेर लुटिएको पैसा कहाँ गइरहेको छ ? | समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ |

कानुनी रूपमा प्रतिबन्धित हुँदाहुँदै पनि नेपालमा क्रिप्टोकरेन्सी जस्ता अभौतिक सम्पत्तिको कारोबार बढ्दै गएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनले यस्तो कारोबारमा युवापुस्ताको संलग्नता अत्यधिक रहेको देखाएको छ ।

राष्ट्र बैङ्कको वित्तीय जानकारी एकाइले तयार पारेको रणनीतिक विश्लेषण प्रतिवेदनअनुसार पछिल्ला चार वर्षमा अभौतिक सम्पत्तिसम्बन्धी कुल ६५८ वटा कारोबारको जानकारी प्राप्त भएको छ । सन् २०२१ मा १३ वटा मात्रै रिपोर्ट भएकोमा २०२२ मा १७३ पुगेको थियो । सन् २०२४ मा यस्ता कारोबार २५२ वटा र सन् २०२५ को मध्य जुलाईसम्म ८२ वटा घटना रेकर्ड भएका छन् ।

प्रतिवेदनले अवैध अभौतिक सम्पत्ति कारोबारमा २१ देखि ४० वर्ष उमेर समूहका व्यक्तिको संलग्नता सबैभन्दा बढी रहेको जनाएको छ । शङ्कास्पद कारोबारमा संलग्नमध्ये ९२ प्रतिशत यही उमेर समूहका छन् । त्यसमध्ये २६ देखि ३० वर्ष उमेर समूहको हिस्सा ३५ प्रतिशत छ ।

अभौतिक सम्पत्तिको कारोबारपछि हुने भुक्तानी प्रायः वाणिज्य बैङ्कमार्फत हुने भएकाले शङ्कास्पद कारोबारको रिपोर्ट पनि वाणिज्य बैङ्कबाटै धेरै आएको प्रतिवेदनमा उल्लेख छ । सन् २०२१ जनवरीदेखि २०२५ जुलाई १५ सम्म वाणिज्य बैङ्कबाट ६ सय वटा शङ्कास्पद कारोबार रिपोर्ट प्राप्त भएका छन् । विकास बैङ्कबाट ४८ वटा उजुरी प्राप्त भएका छन् ।

पेसागत रूपमा हेर्दा यस्ता कारोबारमा विद्यार्थीको संलग्नता बढी देखिएको छ । प्रतिवेदनअनुसार शङ्कास्पद कारोबारमा संलग्नमध्ये २९ प्रतिशत विद्यार्थी र २१ प्रतिशत कर्मचारी छन् । क्रिप्टो, अनलाइन बेटिङजस्ता अवैध कारोबारमा संलग्न व्यक्तिहरूले भुक्तानीका लागि बैङ्किङ प्रणाली र हुन्डीको प्रयोग गर्ने गरेको पनि प्रतिवेदनले औँल्याएको छ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय