२०८३ जेष्ठ २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
काभ्रे बस दुर्घटना : आठ जनाको मृत्यु, उद्धार जारी | सांसदको प्रश्नपछि वाग्लेको टिप्पणी– विनियोजन विधेयक नपढिएको जस्तो लाग्यो | अर्थमन्त्री वाग्ले प्रकरणमा छानबिन नहुने, सरकार भन्छ– स्पष्टीकरण पर्याप्त | रास्वपा अधिवेशनस्थलबाहिर जेन–जी पक्षधरको धर्ना | आइतबार चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल | अन्तिम १० मिनेटमा चम्कियो दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै महत्वपूर्ण जित | सांसद रञ्जुको प्रश्न– ह्वाट्सएप ह्याक गरेर लुटिएको पैसा कहाँ गइरहेको छ ? | समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ |

२२ पुष २०८२, मंगलवार

भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मादुरोलाई पहिलोपटक अमेरिकी अदालतमा उपस्थित गराइएको छ । संघीय लागूऔषध तस्करी तथा ‘नार्को–टेररिज्म’ सम्बन्धी आरोपमा अदालतमा पेश गरिएका मादुरोले सबै आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको बताएको बीबीसीले जनाएको छ ।

उनले न्यायाधीश समक्ष अहिले पनि आफू नै भेनुजुएलाको राष्ट्रपति रहेको बताएका छन् । अदालतमा मादुरोले न्यायाधीशसमक्ष भने, ‘म निर्दोष छु । म दोषी होइन । म राम्रो मान्छे हुँ र आफ्नो देशको राष्ट्रपति हुँ ।’ त्यसपछि अदालतले मादुरोको मुद्दामा मार्च १७ मा अर्को सुनुवाइ हुने जनाएको छ ।

मादुरोलाई ब्रुकलिनस्थित मेट्रोपोलिटन डिटेन्सन सेन्टर (एमडीसी) मा राखिएको छ ।सन् १९९० को सुरुवातमा स्थापना भएको यो कारागारमा हाल करिब १ हजार ३०० कैदी छन् ।

म्यानह्याटन र ब्रुकलिनका संघीय अदालतमा मुद्दा खेपिरहेका अभियुक्तहरूलाई प्राय: यहीँ राखिने गरिन्छ । यहाँ गिरोहसँग सम्बन्धित अभियुक्त, लागूऔषध तस्करका आरोपीसमेत राखिन्छन् ।

हाल यसै कारागारमा मेक्सिकोको सिनालोआ ड्रग कार्टेलका सह-संस्थापक इस्माइल ‘एल मायो’ जाम्बाडा गार्सिया तथा युनाइटेडहेल्थकेयरका सीईओको हत्या अभियोगमा पक्राउ परेका लुइगी मान्जियोनी पनि थुनामा छन् ।

यसअघि क्रिप्टो उद्यमी साम बैंकम्यान–फ्राइड र जेफ्री एपस्टिनकी सहयोगी गिस्लेन म्याक्सवेल पनि यही कारागारमा राखिएका थिए ।

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय