२०८३ आश्विन १३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

२५ पुष २०८२, शुक्रवार

जेनजी आन्दोलनबाट सत्ता बहिर्गमनमा परेका एमाले अध्यक्ष केपी शर्मा ओलीले सुरुवाती दिनमा प्रधानमन्त्री सुशीला कार्कीप्रति निकै आलोचनात्मक अभिव्यक्ति दिंदै आएका थिए । प्रधानमन्त्री सुशीला कार्की पनि ओलीप्रति चर्को धारणा राख्थिन् । त्यसैले उनले ओली लगायतका शीर्ष नेतालाई भेट्न सुरुमा चासो दिइनन् ।

तर, केही साता यता चुनाव र राजनीतिक घटनाक्रमका विषयमा प्रधानमन्त्री कार्की र ओलीबीच संवाद सहज हुन थालेको छ । त्यसैको पछिल्लो कडी थियो- बिहीबार बालुवाटारमा भएको प्रधानमन्त्री कार्की र पूर्वप्रधानमन्त्री ओलीबीचको शान्त, एकान्त वार्ता ।

प्रधानमन्त्री कार्कीले पनि नेताहरूसँग भेटवार्ता गर्ने सन्देश प्रवाह गरेकी थिइन् । तर प्रधानमन्त्री कार्कीका श्रीमान् दुर्गा सुवेदी यो बीचमा विरामी परे । उनको दिल्लीमा उपचार भइरहेको छ । यो खबर थाहा पाएका ओली सुवेदीको स्वास्थ्य अवस्था पनि बुझ्ने र प्रधानमन्त्रीसँग कुराकानी पनि गर्ने मेसो मिलाएर बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री कार्की र ओलीबीच एक्लै भेट भएपनि यो राजनीतिक विषय केन्द्रित र चुनाव सफल बनाउने दिशामा रहेको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले बताए । ‘भेटपछि बाहिरिँदै गर्दा अध्यक्षज्यूले एमाले पार्टी चुनावको बाधा विरोध गर्ने पार्टी होइन । सक्रिय रूपमा भाग लिन्छ सहभागी हुन्छ भन्नुभएको छ’ रावलले भने ।

 

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय