२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध | रास्वपाले साउन २५ देखि ‘हामी सुन्छौँ’ अभियान सुरु गर्ने | धवल शम्शेर राणा र दुर्गा प्रसाईंले घोषणा गरे ‘जय नेपाल पार्टी | सोधपुछका लागि बोलाइएका अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाका प्रतिनिधि समितिमा उपस्थित भएनन् | काठमाडौंबाट स्थानान्तरण गरिएका ५१ ‘सुकुमबासी’को जग्गा छ : मन्त्री प्रतिभा रावल |

दुर्गेश थापा र विनोद चौधरीबीच भेट भएको छ। भेटपछि थापाले सामाजिक सञ्जालमार्फत आफ्नो अनुभव सार्वजनिक गरेका छन्।

थापाले लेखेका छन्, “विश्वको सबैभन्दा सफल उद्योगपति मध्य एक आदरणीय विनोद चौधरी ज्यूसँग भेटेर धेरै सकारात्मक, व्यवहारिक र प्रेरणादायी कुराकानी गर्ने अवसर मिल्यो। उहाँसँग बिताएको समय केवल भेट मात्र रहेन, जीवन, व्यवसाय, सोच र समसामयिक विषयहरूमा भएको संवादले धेरै कुरा सिकायो। व्यवसायिक जगतका यति सफल र प्रमुख व्यक्तित्व हुँदाहुँदै पनि उहाँको सरलता, स्पष्ट विचार र आत्मीय व्यवहारले मन छोएको छ।”

नेपाली कांग्रेसका तर्फबाट नवलपरासी क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार विनोद चौधरीले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिएका छन्। उनले दुर्गेशसँगको भेटपछि लेखेका छन्, “उहाँसँग भेटेर र कुरा गर्न पाउँदा अझै धेरै राम्रो काम गर्ने ऊर्जा बढेको छ। यी सुन्दर शब्दहरूको लागि धेरै धेरै धन्यवाद, दुर्गेश भाइ।”

चौधरी नेपालका एक मात्र अर्बपति विनोद चौधरी विश्वकै १९२९औं धनी व्यक्ति हुन्। उनी विघटित प्रतिनिधि सभामा नेपाली कांग्रेसका तर्फबाट सदस्य पनि थिए। हाल उनी चुनावी दौडमा रहेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय