२०८२ चैत्र १७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
ब्रिज कोर्सदेखि संविधान संशोधनसम्म: मन्त्रिपरिषद् बैठकका निर्णय | नेता तथा कार्यकर्तालाई मन्त्रालयमा अनावश्यक भेटघाट नगर्न रास्वपाको निर्देशन | सर्वोच्चद्वारा ओलीलाई छोड्न अस्वीकार, कारण देखाऊ आदेश जारी | सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु | सर्वोच्चद्वारा रमेश लेखकलाई रिहा गर्न अस्वीकार! केपी ओलीको रिट के होला ? | सांसदसँग छलफलमा बालेन: जनताले अनुभूति गर्ने कामको सूची माग | युवती जलाएर हत्या घटनामा कडा कारबाहीको माग बढ्दो | किन हटाइयो इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णयको सूचना? | मन्त्रीहरूपछि सांसदसँग संवादमा जुटे प्रधानमन्त्री बालेन्द्र शाह | ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन छुट्टाछुट्टै इजलासमा |

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताएका छन्।

जनयुद्ध दिवसको अवसरमा रुकुम पूर्वमा आयोजित जनभेटघाट तथा शहीद परिवार सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूहरू अझै क्रान्ति प्रक्रियामै रहेको बताए।

उनले भने, “केवल क्रान्तिको स्वरूप फेरिएको छ। अब हामीले सफल पार्नु छ उत्पादनको र आर्थिक क्रान्ति। युद्ध जारी छ तर अब युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुनेछ। उत्पादन वृद्धि गरेर जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका लागि हुनेछ। भ्रष्टाचारका विरुद्ध हुनेछ, पारदर्शिताका लागि हुनेछ। म त्यो नयाँ युद्ध र उत्पादन तथा समृद्धिको नयाँ क्रान्तिको झन्डा बोक्न फेरि एकचोटि तपाईँहरूको बीचमा रुकुम पूर्वमा आइपुगेको छु।”

प्रचण्डले रुकुमले हिजो देशलाई राजनीतिक क्रान्तिको बाटो देखाएको बताए। उनले भने, “रुकुम रोल्पाको नेतृत्वमा यो देशमा जो क्रान्ति भयो, त्यसको इतिहास कसैले बङ्ग्याएर बाङ्गिने वाला छैन। यो क्रान्तिको सर्वोच्च कमान्डरका रूपमा म तपाईँहरूप्रति सबैभन्दा बढी आभारी छु। अन्तिम पटक या यस पटक रुकुमबाटै चुनाव लडेर म रुकुमप्रति आफ्नो आभार व्यक्त गर्न चाहेको छु र तपाईँहरूसँगको ऋण तिर्न चाहेको छु।”

उनले जिल्लाका ३१ वटै वडामा बाह्रै महिना यातायात सेवा पुग्ने गरी पक्की सडक सञ्जाल विस्तार गर्ने प्रतिबद्धता जनाए। थोरै विद्यार्थी र धेरै विद्यालयको सट्टा ‘हब स्कुल’ को अवधारणाअनुसार आवासीय सुविधा र दक्ष शिक्षकसहितका विद्यालय स्थापना गरी हिमाली भेगको शैक्षिक गुणस्तर सुधार गर्ने बताए। साथै रुकुमको फलाम खानी उत्खनन र जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने उल्लेख गरे।

मगर जातिको पहिचान र स्वायत्तताको विषयमा संविधानको मर्म र भावनाअनुसार मगर क्लष्टरलाई स्वायत्त क्षेत्र घोषणा गरी सभ्यताको विश्वव्यापी ब्रान्डिङ गर्ने पहल गरिने बताए। चुनवाङ बैठक स्थल, छापामार पदमार्ग तथा जनयुद्धका स्मृतिहरूलाई सङ्ग्रहालय र पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने उल्लेख गरे।

लुम्बिनी प्रदेश सरकारले घोषणा गरेको अर्ग्यानिक जिल्ला सम्बन्धी कानुन, नीति र नियम निर्माण गरिने तथा प्रमाणीकरण र बजार सुनिश्चित गरी यहाँका उत्पादनलाई प्रिमियम ब्रान्डका रूपमा सहरका डिपार्टमेन्टल स्टोरसम्म पुर्‍याइने बताए। टिमुर, स्याउ, सुन्तला, कागतीलगायत फलफूल तथा अर्ग्यानिक तरकारीको बजारीकरण गरिने उनले बताए।

उनले हिजो बन्दुक बोकेर व्यवस्था फेर्न लडेको भए पनि अब विकासका औजार बोकेर अवस्था फेर्न रुकुमको माटोमा उभिएको बताए। यो चुनाव जनयुद्धका उपलब्धि रक्षा गर्ने पक्षमा कि इतिहासको रथ उल्ट्याउन खोज्ने प्रतिक्रियावादी र प्रतिगामीहरूका पक्षमा भन्ने विषयमा केन्द्रित हुने उनको भनाइ छ।

प्रचण्डले परिवर्तनका पक्षमा नेपाली कम्युनिस्ट पार्टीलाई पूर्ण बहुमत दिन अपिल गरे। उनले भने, “हामीले बहुमत पाउँदा र पाँच वर्ष सरकार चलाउने अधिकार पाउँदा हामीले यो देशमा समाजवादको आधार निर्माण गर्ने र मजदुर, किसानदेखि उत्पीडित वर्ग समुदायको हक अधिकार सुनिश्चित गर्न सक्छौँ।”

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय