२०८३ आश्विन २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

प्रधानमन्त्री सुशीला कार्की ले वारागुङ मुक्तिक्षेत्र–१ स्थित पवित्र मुक्तिनाथ मन्दिर को दर्शन गर्नुभएको छ।

नेपाली सेनाको हेलिकोप्टरमार्फत मुस्ताङ पुग्नुभएका प्रधानमन्त्री कार्कीले मुक्तिनाथस्थित १०८ धारामा जलसेचन गरी मन्दिरमा पूजाआजा गर्नुभएको हो। दर्शनका क्रममा उहाँलाई वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामगेल गुरुङ, सहायक प्रमुख जिल्ला अधिकारी एकनारायण भण्डारी, मुक्तिनाथ विकास समिति का पदाधिकारी तथा स्थानीय प्रतिनिधिले स्वागत गरेका थिए।

मन्दिर क्षेत्रको अवलोकनका क्रममा पूर्वाधार निर्माणसम्बन्धी योजनाहरू पुरातत्व विभागमा पेस भए पनि स्वीकृतिमा ढिलाइ भइरहेको जानकारी गराइएको थियो। चेन्जिङ रुम, १०८ धारा पुनर्निर्माण, एनएक्स भवन र आनी आवासलगायत आठ योजना अघि बढाउन मौखिक ध्यानाकर्षण गराइएको बताइएको छ। प्रधानमन्त्री कार्कीले आवश्यक प्रक्रिया अघि बढाउने आश्वासन दिनुभएको जनाइएको छ।

निर्वाचन सफल पार्न निर्देशन

मुक्तिनाथ दर्शनपछि प्रधानमन्त्री कार्की जोमसोमस्थित इन्द्रबक्स गण पुग्नुभएको थियो। त्यहाँ आयोजित निर्वाचनलक्षित छलफलमा उहाँले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ।

प्रधानमन्त्रीले सुरक्षाकर्मीलाई दत्तचित्त भएर जिम्मेवारी निर्वाह गर्न आग्रह गर्दै कुनै समस्या नआउने गरी तयारी गर्न निर्देशन दिनुभएको प्रमुख जिल्ला अधिकारी अजिता शर्माले जानकारी दिनुभयो। जिल्ला मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेलले निर्वाचन तयारीबारे जानकारी गराउनुभएको थियो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय