२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

आईसीसी टी२० विश्वकप क्रिकेट अन्तर्गत शनिबारको सुपर ८ को पहिलो खेल वर्षाले प्रभावित भएको छ। श्रीलंकाको कोलम्बोमा शनिबार साँझ सवा ७ बजे सुरु हुनुपर्ने न्युजिल्यान्ड र पाकिस्तानबीचको खेल वर्षाका कारण रोकिएको थियो र दुवै टोलीले एक–एक अंक बाँडेका छन्।

सुपर ८ अन्तर्गत आइतबार दुई खेल हुँदैछन्। पहिलो खेलमा श्रीलंका र इंग्ल्यान्ड भिड्ने छन् भने दोस्रो खेलमा साविक विजेता भारत र उपविजेता दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ। फाइनल खेल टी २० विश्वकप २०२६ को फागुन २४ गते हुनेछ। नेपाल समूह चरणबाट बाहिरिएर घर फर्किसकेको छ।

सुपर ८ मा आइतबार हुने पहिलो खेल श्रीलंका र इंग्ल्यान्डबीच दिउँसो ३ बजेर १५ मिनेटमा सुरु हुनेछ। दोस्रो खेल भारत र दक्षिण अफ्रिकाबीच साँझ ७ बजेर १५ मिनेटमा भारतमा सुरु हुनेछ। भारत समूह ‘ए’ को विजेता हो भने दक्षिण अफ्रिका समूह ‘डी’ को विजेता हो। दुवै टोली समूह चरणमा अपराजित छन्।

सुपर ८ मा पुगेका आठ टोलीहरूमा भारत, श्रीलंका, जिम्बावे, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, पाकिस्तान, इंग्ल्यान्ड र न्युजिल्यान्ड रहेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय