२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

शनिबारदेखि इजरायल र अमेरिकाले इरानमा थालेको आक्रमणपछि मध्यपूर्व क्षेत्रभरि मानवीय क्षति बढ्दै गएको छ। विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका विवरणअनुसार हालसम्म कुल ६०६ जनाको मृत्यु भएको छ।

सबैभन्दा धेरै क्षति इरानमा भएको छ। इरानमा मात्रै ५५५ जनाको मृत्यु भएको पुष्टि गरिएको छ भने सयौँ घाइते भएका छन्। इरानका १३१ जिल्लामा आक्रमण भएको जनाइएको छ। इरान रेड क्रिसेन्ट सोसाइटीका अनुसार एक विद्यालयमा भएको आक्रमणमा ठूलो मानवीय क्षति भएको छ। दक्षिणपूर्वी सहर मिनाबमा प्राथमिक विद्यालयमा भएको आक्रमणमा धेरै बालबालिकाको ज्यान गएको छ। स्वास्थ्य मन्त्रालयका जनसम्पर्क प्रमुख होसेन केर्मानपुरका अनुसार करिब १८० बालिकाको मृत्यु भएको छ।

इजरायलमा १० जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन्। केन्द्रीय इजरायलको बेइत शेमेशमा इरानी मिसाइल आक्रमणमा ९ जनाको ज्यान गएको छ। तेल अवीव क्षेत्रमा एक महिलाको मृत्यु भएको पुष्टि गरिएको छ।

कुवेतमा इरानी आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन्। केही सैनिक सामान्य घाइते भई उपचारपछि सेवामा फर्किने तयारीमा रहेका बताइएको छ।

बहराइनमा एक भारतीय कामदारको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

इराकमा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

जोर्डनमा मानवीय क्षति भएको छैन। त्यहाँ ४९ ड्रोन र मिसाइल अवरोध गरिएको जनाइएको छ।

कुवेतमा एक जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्।

लेबनानमा ३१ जनाको मृत्यु र १४९ जना घाइते भएका छन्।

ओमानमा पाँच जना घाइते भएका छन्।

कतारमा १६ जना घाइते भएका छन्।

साउदी अरबमा हालसम्म मानवीय क्षति भएको छैन।

संयुक्त अरब इमिरेट्समा नेपाली कामदारसहित तीन जनाको मृत्यु भएको पुष्टि गरिएको छ भने ५८ जना घाइते भएका छन्। गोरखाका २९ वर्षीय एक नेपाली युवकले ज्यान गुमाएका छन्।

युद्धका कारण मध्यपूर्व क्षेत्रभरि मानवीय क्षति बढ्दै गएको छ र अवस्था अझ जटिल बन्दै गएको जनाइएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय