२०८३ आश्विन १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

राष्ट्रिय मानवअधिकार आयोगले उत्साहपूर्ण रूपमा मतदानमा भाग लिन मतदाताहरूलाई अनुरोध गरेको छ। आयोगले निर्वाचन लोकतन्त्रको अभिन्न अंग मात्र नभई मानव अधिकारसँग पनि जोडिएको विषय भएकाले मतदातालाई उत्साहका साथ सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेको हो।

साथै, मौन अवधि सुरु भइसकेको सन्दर्भमा निर्वाचन आचारसंहिताको पालना गर्न पनि आयोगले आग्रह गरेको छ। आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा आगामी फागुन २१ गते हुने निर्वाचन स्वच्छ, निष्पक्ष, धाँधलीरहित, विश्वसनीय र मानव अधिकारमैत्री हुने विश्वास व्यक्त गरिएको छ।

आयोगले निर्वाचन अवधिमा स्वास्थ्य सेवा, एम्बुलेन्स, शववाहन, सञ्चार, पानी, दूध, इन्धन आपूर्ति, अशक्त मतदाताका लागि सवारीसाधन तथा हवाई उडानजस्ता अत्यावश्यक सेवाहरू सुचारुरूपमा सञ्चालन गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।

आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनु सरकारको दायित्व भएको उल्लेख गरेको छ। यस कार्यलाई सहयोग गर्नु राजनीतिक दल, उम्मेदवार, नागरिक समाज, अधिकारकर्मी, सञ्चारकर्मी तथा आमनागरिकको कर्तव्य भएको पनि आयोगले जनाएको छ।

निर्वाचन अवधिमा देशको शान्ति सुरक्षामा आवश्यक सतर्कता अपनाई निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र मानव अधिकारमैत्री बनाउन आयोगले नेपाल सरकारलाई निर्देशन दिएको छ। साथै, मौन अवधिमा कुनै पनि अवाञ्छित गतिविधि नगर्न र सम्भावित गतिविधि रोक्न नेपाल सरकार र निर्वाचन आयोगलाई आग्रह गरिएको छ।

आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको दिन देशभर अनुगमन टोली खटाउने जनाएको छ। काठमाडौँ उपत्यका तथा बाहिरका केही जिल्लामा आयोगका अध्यक्ष, सदस्य तथा पूर्वपदाधिकारी सम्मिलित उच्चस्तरीय अनुगमन टोली पनि बनाइएको छ।

यसअघि आयोगले विभिन्न जिल्लामा निर्वाचनपूर्व अनुगमन गरी प्राप्त तथ्यका आधारमा नेपाल सरकार, निर्वाचन आयोग, राजनीतिक दल, उम्मेदवार तथा अन्य सरोकारवालालाई ध्यानाकर्षण गराइसकेको जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय