२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

आमनिर्वाचनको अहिलेसम्मको मतपरिणाममा प्रत्यक्षतर्फ नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच कडा प्रतिस्पर्धा देखिएको छ। दुवै दलले हालसम्म ७–७ सिटमा जित हासिल गरेका छन्।

२०७९ सालको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ ४४ सिट जितेको थियो। तर यस पटक एमालेको सिटसंख्यामा उल्लेख्य गिरावट देखिएको छ। मतगणना अन्तिम चरणमा पुग्दा एमालेका ३ उम्मेदवारले अग्रता लिइरहेका छन्। उनीहरूले जित हासिल गरेमा एमालेको प्रत्यक्ष सिट संख्या १० पुग्न सक्छ।

एमालेबाट ताप्लेजुङमा क्षितिज थेवे, इलाम–२ मा सुहाङ नेम्वाङ, धनकुटामा राजेन्द्रकुमार राई, बाँके–२ मा मो. इश्तियाक राई, दैलेखमा लक्ष्मीप्रसाद पोखरेल, बझाङमा ऐनबहादुर मगर र दार्चुलामा गणेशसिंह ठगुन्ना निर्वाचित भएका छन्। यस्तै, इलाममा काजीमान कागते, संखुवासभामा अर्जुनकुमार कार्की र अछाममा यज्ञबहादुर बोगटीले अग्रता लिइरहेका छन्।

यता नेकपाबाट रुकुमपूर्व–१ मा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन्। त्यसैगरी रोल्पाबाट वर्षमान पुन, डोल्पाबाट धनबहादुर बुढा, रुकुम पश्चिमबाट गोपाल शर्मा, सल्यानबाट रमेश मल्ल र कालीकोटबाट महेन्द्रबहादुर शाही निर्वाचित भएका छन्। पछिल्लो मतपरिणाममा सिन्धुपाल्चोक–२ बाट युवराज दुलाल विजयी भएपछि प्रत्यक्षतर्फ नेकपाले एमालेसँग बराबरी गरेको हो।

हालको अवस्थामा नेकपाले अग्रता लिएको कुनै पनि स्थान छैन। एमालेले अग्रता कायम राखेका स्थानमा जित हात पारेमा प्रत्यक्षतर्फ पनि एमाले नै अगाडि रहने सम्भावना छ।

यद्यपि समानुपातिकतर्फको मतगणनामा भने एमाले नेकपाभन्दा स्पष्ट रूपमा अगाडि देखिएको छ। हालसम्म ४० लाख ६० हजार ६९९ मत गणना हुँदा एमालेले ५ लाख ७८ हजार ४०७ मत प्राप्त गरेको छ भने नेकपाले २ लाख ७३ हजार ३९९ मत ल्याएको छ।

एमालेको मत कुल सदर मतको १४.२४ प्रतिशत रहेको छ भने नेकपाले ६.७३ प्रतिशत मत प्राप्त गरेको छ। यसका आधारमा समानुपातिकतर्फ एमाले र नेकपाबीच सिटसंख्यामा उल्लेख्य अन्तर देखिन सक्ने अनुमान गरिएको छ।

अहिलेसम्मको परिणाम हेर्दा शीर्ष पाँच दलमा भने अघिल्लो निर्वाचनका पाँच दल नै रहने देखिएको छ। तर दलहरूको वरीयताक्रममा भने परिवर्तन हुने संकेत देखिएको छ।

यसअघि चौथो ठूलो दलका रूपमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यस पटक भारी बहुमतका साथ पहिलो दल बन्ने अवस्थामा पुगेको छ। यसअघिको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस दोस्रो स्थानमा झर्ने देखिएको छ भने एमाले तेस्रो स्थानमा पुग्ने अनुमान गरिएको छ। चौथो स्थानमा नेकपा र पाँचौं स्थानमा राप्रपा रहने सम्भावना देखिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय