२०८३ जेष्ठ २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
सांसदको प्रश्नपछि वाग्लेको टिप्पणी– विनियोजन विधेयक नपढिएको जस्तो लाग्यो | अर्थमन्त्री वाग्ले प्रकरणमा छानबिन नहुने, सरकार भन्छ– स्पष्टीकरण पर्याप्त | रास्वपा अधिवेशनस्थलबाहिर जेन–जी पक्षधरको धर्ना | आइतबार चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल | अन्तिम १० मिनेटमा चम्कियो दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै महत्वपूर्ण जित | सांसद रञ्जुको प्रश्न– ह्वाट्सएप ह्याक गरेर लुटिएको पैसा कहाँ गइरहेको छ ? | समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ |

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवराज दुलाल निर्वाचित भएका छन्।

मुख्य निर्वाचन अधिकृत रीता बख्रेलका अनुसार दुलालले २१ हजार ६९९ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका वंशलाल तामाङले १८ हजार ८४८ मत प्राप्त गरेका छन्।

यस्तै नेकपा (एमाले) का शेरबहादुर तामाङले १५ हजार ५१४ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का झलककुमार श्रेष्ठले १३ हजार ९१७ मत प्राप्त गरेका छन्।

यसअघि दुलाल २०७४ र २०७९ को निर्वाचनमा बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भई प्रदेश मन्त्रीसमेत भइसकेका छन्। युवा नेतृत्व र जनमुखी कार्यशैलीका कारण दुलाल लोकप्रिय मानिन्छन्।

चौतारा साँगाचोकगढी नगरपालिका–७, सानोसिरुवारीमा २०३९ सालमा जन्मिएका दुलालले स्नातकोत्तर तहसम्म अध्ययन गरेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय