२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

नवनिर्वाचित सांसद महावीर पुनले निर्वाचन आयोगमा आफ्नो निर्वाचन खर्चको विवरण पेस गरेका छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत म्याग्दी क्षेत्र नम्बर १ बाट निर्वाचित पुनले निर्वाचन अवधिमा कुल २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च भएको जनाएका छन्।

पेस गरिएको विवरणअनुसार होटलमा खाना र बसोबासका लागि सबैभन्दा धेरै १३ लाख ७ हजार ६१९ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।

त्यसैगरी चालक ज्यालामा करिब १ लाख ४० हजार रुपैयाँ खर्च भएको छ। यातायाततर्फ ६ लाख ६० हजार ९९८ रुपैयाँ खर्च गरिएको विवरणमा उल्लेख छ।

त्यस्तै डिजेल खर्च ३ लाख ६० हजार ४९९ रुपैयाँ रहेको विवरणमा जनाइएको छ।

पुनले निर्वाचन अवधिमा भएको खर्चको विवरण निर्वाचन आयोगमा बुझाएका हुन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय