२०८३ आश्विन ११ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

धनुषा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह ‘कमल’ को उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिट ‘हेर्न नमिल्ने’मा परेको छ।

शुक्रबार उक्त रिटको सुनुवाइ न्यायाधीश शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासमा परेको थियो। न्यायाधीश सुवेदीले यसअघि बिहीबार मात्रै किशोरी साह कमलकै रिटमा अन्तरिम आदेश जारी गरेकी थिइन्।

यस कारण निर्वाचन आयोगविरुद्ध परेको रिट हेर्न नमिल्ने भएको सर्वोच्च अदालतका प्रवक्ता तथा सह–रजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले जानकारी दिएका छन्।

आदेशमा भनिएको छ, ‘यिनै रिट निवेदकको तर्फबाट दायर भएको ०८२–डब्ल्यूओ–०९८३ नम्बरको निवेदनमा मेरो इजलासबाट फागुन २८ गते अन्तरिम आदेश जारी भएको र उक्त निवेदन र प्रस्तुत निवेदन एकआपसमा अन्तरसम्बन्धित रहेकोले प्रस्तुत निवेदन मैले हेर्न मिलेन। म रहितको इजलासबाट सुनुवाइ हुने गरी अन्तरिम आदेशसम्बन्धी छलफलका लागि चैत १ गतेका लागि पेसी तोकी नियमानुसार गर्नू।’

बैंक तथा वित्तीय संस्थासम्बन्धी विषयमा कर्जा सूचना केन्द्रले किशोरीको नाम कालोसूचीमा राखेको भन्दै निर्वाचन आयोगले फागुन १८ गते उनको उम्मेदवारी खारेज गरेको थियो।

उनको कमल निर्माण सेवा प्रालि २०८० माघ २२ गतेदेखि बैंक तथा वित्तीय संस्थासम्बन्धी दायित्व पूरा नगरेको कारण कालोसूचीमा परेको देखिएको थियो। किशोरीले यससँग सम्बन्धित दुई वटा रिट दायर गरेका थिए।

सुरुमा उनले निर्वाचन आयोगको निर्णयविरुद्ध फागुन १९ गते आफ्नो उम्मेदवारी कायम गर्न माग गर्दै सर्वोच्च अदालत पुगेका थिए। निर्वाचनअघि दायर भएको उक्त रिटको पहिलो सुनुवाइ फागुन २५ गते भएको थियो। त्यस दिन दुवै पक्षलाई छलफलका लागि फागुन २९ गते बोलाइएको थियो। तर शुक्रबार सुनुवाइ नभई ‘हेर्न नमिल्ने’मा परेको हो।

यसैबीच निर्वाचन आयोगले धनुषा–१ मा नेपाल कम्युनिस्ट पार्टीका मातृका यादवलाई निर्वाचित घोषणा गरिसकेको छ।

किशोरी साह कमलले नेपाल राष्ट्र बैंक र कर्जा सूचना केन्द्रले कालोसूचीमा राख्ने निर्णय कार्यान्वयन नगर्न माग गर्दै फागुन २७ गते अर्को रिट दायर गरेका थिए।

उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश शारंगा सुवेदीले केन्द्रबाट प्राप्त पत्रमा किशोरी कालोसूचीमा नरहेको उल्लेख भएको भन्दै अन्तरिम आदेश जारी गरेकी थिइन्।

आदेशमा भनिएको छ, ‘कर्जा सूचना केन्द्र लिमिटेडको २०८२ फागुन २८ को पत्रबाट किशोरी साह कमल हाल कालोसूचीमा समावेश नभएको भन्ने देखिन्छ। यस सन्दर्भमा निवेदकलाई कालोसूचीमा राखेर गरिएको निर्णयको औचित्य नदेखिएकाले प्रस्तुत निवेदनको अन्तिम टुंगो लाग्दा ठहरेबमोजिम हुने हुँदा हाल निवेदकलाई कालोसूचीमा राखेर गरिएको निर्णय कार्यान्वयन नगर्नू, नगराउनू भनी विपक्षीका नाममा अन्तरिम आदेश जारी गरिन्छ।’

अब किशोरी साहको उम्मेदवारीसम्बन्धी विषयमा सर्वोच्च अदालतको आइतबार बस्ने इजलासले निर्णय गर्ने भएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय