२०८३ आश्विन २० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

संयुक्त राज्य अमेरिकाको सेना प्रशान्त कमाण्डका उपकमाण्डिङ जनरल लेफ्टिनेन्ट जनरल जोएल “जेबी” भोवेल तीनदिने भ्रमणका लागि आइतबार काठमाडौं आउने भएका छन्।

फागुन २१ को निर्वाचनपछि नेपाल भ्रमणमा आउने उनी अमेरिकी सेनाका सबैभन्दा वरिष्ठ जनरल हुने बताइएको छ।

नेपाल सेनाका अनुसार भोवेल भुटान हुँदै काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ। भ्रमणका क्रममा उनले काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको पनि अवलोकन गर्ने अपेक्षा गरिएको छ। उक्त केन्द्रमा संयुक्त राष्ट्रसंघको शान्ति स्थापनामा खटिने नेपाली तथा अन्तर्राष्ट्रिय सैनिकहरूलाई पूर्वतयारी तालिम दिइन्छ।

भ्रमणका क्रममा उनले नेपाली सेनाका प्रमुखसहित अन्य वरिष्ठ सैनिक अधिकारीहरूसँग पनि भेटवार्ता गर्न सक्ने जनाइएको छ।

नेपाल भ्रमणअघि मार्च १२ मा जनरल भोवेलले भारतमा भारतीय सेनाका प्रमुख उपेन्द्र द्विवेदीसँग भेटवार्ता गरेका थिए। उक्त भेटमा भारत–अमेरिका रक्षा साझेदारी तथा इन्डो–प्रशान्त क्षेत्रमा क्षेत्रीय सुरक्षा सहकार्य सुदृढ गर्ने विषयमा छलफल भएको बताइएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय