२०८३ आश्विन १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

जेनजी आन्दोलनको विषयमा छानबिन गर्न गठित कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आज माइतीघर मण्डलामा खबरदारी सभा आयोजना गरिँदैछ।

जेनजी अभियन्ताहरूले एक पोस्टर सार्वजनिक गर्दै आज दिउँसो १ बजे काठमाडौँको माइतीघर मण्डलामा भेला भएर खबरदारी कार्यक्रम गर्ने घोषणा गरेका हुन्।

अभियन्ताहरूले सामाजिक सञ्जालमार्फत पनि ‘कार्की आयोगको पूरा प्रतिवेदन खोइ’ भन्ने नारासहित खबरदारी गरिरहेका छन्। आज भौतिक रूपमा पनि माइतीघरमा उपस्थित भएर खबरदारी गर्ने कार्यक्रम तय गरिएको जेनजी अभियन्ता जस्मिन ओझाले जानकारी दिएकी छन्।

सरकारले ५ असोजमा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो। उक्त आयोगले २४ फागुनमा सरकारलाई आफ्नो प्रतिवेदन बुझाइसकेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय