२०८३ आश्विन १८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीका नेताहरूबाटै आफू र अन्य नेताहरूविरुद्ध अनर्गल लाञ्छना लगाउने, घृणायुक्त अभिव्यक्ति दिने र मिथ्या सूचना फैलाउने काम भइरहेको बताएका छन्। शनिबार गुन्डुमा बसेको एमाले सचिवालय बैठकपछि शरु शर्मा नामको नक्कली फेसबुक आइडीमार्फत यस्तो गतिविधि बढी सक्रिय भएको उनले दाबी गरे।

‘हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओली पितृ शोकमा हुनुहुन्छ। त्यसैले सचिवालय बैठकको अध्यक्षता मैले गरेँ छैन, उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बैठक भएको सबैलाई जानकारी छ,’ भट्टराईले आइतबार सामाजिक सञ्जालमा लेखेका छन्। उनले शोकको समयमा एक अर्काप्रति नकारात्मक टिप्पणी र घृणाजन्य अभिव्यक्तिलाई अशोभनीय भनेका छन्।

भट्टराईले पार्टीको एकता जोगाउने, बहुआयामिक रूपान्तरण गर्ने र गुमेको जनविश्वास पुनः आर्जन गर्ने कार्यप्राथमिकता भएको बताउँदै, यसका लागि उपयुक्त समयमा उपयुक्त विधि र स्थापित प्रक्रिया मार्फत छलफल र बहस आवश्यक रहेको बताएका छन्।

उपमहासचिव भट्टराईले मिसइनफर्मेसन, डिसइन्फर्मेसन र हेट स्पिच बन्द गर्न सबैमा अपील गरेका छन् र जमेर आत्मसमीक्षा गर्न सुझाव दिएका छन्।

शनिबार बसेको सचिवालय बैठकले निर्वाचन आयोगमा पठाउन १६ जना समानुपातिक सांसद छनोट गर्ने निर्णय पनि गरेको थियो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय