२०८२ चैत्र १६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
ओलीको उपचारमा प्रभावकारी व्यवस्था गर्न अदालतको आदेश | वैशाखदेखि प्रवेश परीक्षा तयारी कक्षा बन्द गर्न सरकारको निर्देशन | पूर्वमन्त्री दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति | ओली–लेखकलाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति | बद्नाम पूर्वमन्त्री दिपक खड्का जोडिएका विवाद र आज पक्राउ पर्नुको कारण के हो ? | ओलीको रिहाइको माग गर्दै जिप्रका काठमाडौँमा ज्ञापन-पत्र | ओलीको बन्दी प्रत्यक्षीकरण रिटमाथि भोलि बहस | दीपक खड्का पक्राउसँगै देउवा परिवार अनुसन्धानको दायरामा | मन्त्री र सांसदको दैनिक मापसे जाँच गर्नुपर्ने हर्क साम्पाङको माग | ओली–लेखक पक्राउप्रति नेपाल बार एसोसिएसनको आपत्ति: सरकारको निर्णय ‘पूर्वाग्रही’ |

सिटिजन्स बैंक इन्टरनेशनलको विराटनगर–४ स्थित कञ्चनबारी शाखामा करिब ५ करोड रुपैयाँ हिनामिना भएको तथ्य फेला परेको छ। बैंकका कर्मचारीकै मिलेमतोमा ४ करोड ९१ लाख रुपैयाँ अनियमितता भएको पाइएपछि पाँच जना कर्मचारीलाई छानबिनको दायरामा ल्याइएको छ।

बैंकले गरेको आन्तरिक लेखापरीक्षण (अडिट) का क्रममा ठूलो रकम हिनामिना भएको देखिएपछि बैंक प्रशासनले संलग्न कर्मचारीलाई निलम्बन गरेको छ। साथै उनीहरूविरुद्ध कानुनी कारबाहीका लागि प्रहरीमा उजुरी समेत दिएको बैंकले जनाएको छ। हिनामिना भएको रकम असुलउपर गर्न र दोषीलाई कारबाही गर्न जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दर्ता गरिएको छ।

बैंक स्रोतका अनुसार कर्मचारीहरूले निक्षेपकर्ताले मुद्दती निक्षेप (फिक्स्ड डिपोजिट) मा राखेको रकमलाई धितो देखाएर नक्कली कर्जा फाइल तयार गरी रकम निकाल्ने गरेको पाइएको छ। करिब दुई महिनाअघि गरिएको आन्तरिक छानबिनका क्रममा उक्त अनियमितता बाहिर आएको बताइएको छ।

बैंकले घटनामा संलग्न अन्य कर्मचारीको नाम सार्वजनिक नगरे पनि मुख्य आरोपीका रूपमा कञ्चनबारी शाखामै कार्यरत विराटनगर निवासी रोजी कणेलको नाम बाहिर आएको छ। उनीसहित पाँचै जना कर्मचारीलाई बैंकले निलम्बन गरिसकेको छ र थप अनुसन्धानका लागि उनीहरूको विवरण प्रहरीलाई उपलब्ध गराइएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कट्वालले बैंकबाट हिनामिनासम्बन्धी निवेदन प्राप्त भएको र घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए। ‘हामीकहाँ बैंकको निवेदन परेको छ, अनुसन्धानबाट थप तथ्यहरू खुल्दै जानेछन्,’ उनले भने।

यता सिटिजन्स बैंकका गुनासो व्यवस्थापन अधिकारी रोशन मानन्धरले बैंकको रकम हिनामिना भएको पुष्टि गर्दै दोषीमाथि कडा कारबाही र रकम असुलीका लागि कानुनी प्रक्रिया अघि बढाइएको बताए। ‘बैंकले आन्तरिक कैफियत भेटिएपछि प्रहरीमा लिखित जाहेरी दिएको हो, बाँकी कुरा छानबिनपछि स्पष्ट हुनेछ,’ उनले भने।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय