समानुपातिक मत अनुसार श्रम संस्कृतिले ३ लाख ८५ हजार ८५६ मत (कुल सदर मतको ३.५६ प्रतिशत) ल्याएको छ। सुनसरी–१ बाट ३२ हजार २३०, खोटाङबाट १८ हजार १३७ र भोजपुरबाट १६ हजार १५० मत प्राप्त भएको छ। ताप्लेजुङमा ८ हजार ६९८, पाँचथरमा १८ हजार ३६८, इलाममा क्रमशः १६ हजार ५५० र १७ हजार ४८२ मत आएको छ।
झापाका पाँच निर्वाचन क्षेत्रबाट क्रमशः १० हजार ४०, ७ हजार ९००, ८ हजार ३०१, ८ हजार ४११ र १० हजार ६७३ मत प्राप्त भएको छ। संखुवासभामा १० हजार ६७३, तेह्रथुममा ६ हजार ६६४, धनकुटामा १३ हजार ९६० र मोरङमा छ निर्वाचन क्षेत्रबाट क्रमशः १७ हजार ५७०, २ हजार ४४०, १८ हजार ४८५, १ हजार ४३०, ५२२ र ३ हजार ७५४ मत प्राप्त भएको छ।
सुनसरी–२,–३ र–४ बाट क्रमशः ७ हजार ९९७, २ हजार २०३ र ३ हजार २६४ मत आएको छ। सोलुखुम्बुमा ६ हजार ८६८, ओखलढुंगामा ४ हजार ६२५, उदयपुर–१ र–२ मा क्रमशः १२ हजार २९६ र ४ हजार ९९२ मत प्राप्त भएको छ।
बागमती प्रदेशमा श्रम संस्कृतिले दोलखा ८२८, रामेछाप १ हजार ५८७, सिन्धुली–१ २ हजार ४६१, सिन्धुली–२ ८१२, रसुवा ८१२, धादिङ–१ ४५२, धादिङ–२ ८०३, नुवाकोट–१ ६०७, नुवाकोट–२ ६९७ मत पाएको छ। काठमाडौंका १० निर्वाचन क्षेत्रबाट क्रमशः ७८४ देखि १ हजार १८८ मतसम्म आएको छ।
ललितपुर–१,–२,–३ बाट क्रमशः ४७०, १ हजार १५८ र २ हजार १६९ मत, भक्तपुर–१ र–२ बाट ५५० र १ हजार ७५ मत, काभ्रे–१ र–२ बाट ६१० र ७३४ मत प्राप्त भएको छ। मकवानपुर–१ र–२ बाट १ हजार ६२४ र १ हजार ४६७, चितवन–१,–२,–३ बाट १ हजार ५४७, १ हजार १४९ र १ हजार २५३ मत आएको छ।
लुम्बिनी प्रदेशमा गुल्मी–१ ७४९, गुल्मी–२ १८७, पाल्पा–१ १ हजार ७९५, पाल्पा–२ १ हजार ७६३, अर्घाखाँची ५७२, रूपन्देही–१ २ हजार ५०४,–२ २ हजार ३२४,–३ १ हजार ४०५,–४ ८०,–५ २ हजार ४३ मत प्राप्त भएको छ।
कपिलवस्तु–१,–२,–३ बाट क्रमशः ८८६, २०९, ३६३ मत, रूकुम पूर्व ३६३, रोल्पा ७८८, प्युठान ९५५, दाङ–१,–२,–३ बाट ७०८, ८७१, ४७७, बाँके–१,–२,–३ बाट ६११, २९९, ५८५, बर्दिया–१,–२ ५०६, ५७१, नवलपरासी/बर्दघाट–१,–२ ८९५, १ हजार १८० मत आएको छ।
गण्डकी प्रदेशमा गोरखा–१ ४८६, गोरखा–२ ६९६, मनाङ ८३, लमजुङ १ हजार १३७, कास्की–१,–२,–३ १ हजार ५८४, १ हजार ६६, ९१४, तनहुँ–१,–२ १ हजार ५३२, १ हजार ३४४, स्याङ्जा–१,–२ ९५७, १ हजार ९, नवलपरासी/बर्दघाट–पूर्व १,–२ २ हजार २५३, १ हजार ९७६, मुस्ताङ १ हजार ९७६, म्याग्दी १ हजार ७१५, बाग्लुङ–१,–२ ८०४, ७६२, पर्वत ७६२ मत आएको छ।
मधेश प्रदेशमा सप्तरी–१,–२,–३,–४ २५३, १५७, १९०, २२२, सिराहा–१,–२,–३,–४ २५५, ३१७, ३९०, १४४, धनुषा–१,–२,–३,–४ ५४०, २१, ३६३, ५१८, महोत्तरी–१,–२,–३,–४ १ हजार ३०८, ३२८, ७४, २४, सर्लाही–१,–२,–३,–४ ८०१, ५३, ८७१, २७, रौतहट–१,–२,–३,–४ ४५, १८, १७९, ५०६, बारा–१,–२,–३,–४ ५९२, ६५, २९६, ४४९, पर्सा–१,–२,–३,–४ १६४, १४८, ३३३, २०३ मत आएको छ।
सुदूरपश्चिम प्रदेशमा कैलाली–१,–२,–३,–४,–५ १ हजार ५४, ५७१, ४४५, ७२४, ६६७, दार्चुला ५८, बैतडी ६०, डडेलधुरा २३२, कञ्चनपुर–१,–२,–३ ७९३, २८८, २१८, बझाङ ४७, बाजुरा २५, डोटी ८५, अछाम–१,–२ २०, १८ मत पाएको छ।
कर्णाली प्रदेशमा सल्यान ३१२, डोल्पा ७२, मुगु ३९, जुम्ला २००, कालीकोट ३६, हुम्ला ३०, जाजरकोट ९२, दैलेख–१,–२ ३६७, ५४, सुर्खेत–१,–२ ९५२, २ हजार २७१, रूकुम पश्चिम २३२ मत प्राप्त भएको छ।
श्रम संस्कृतिले सबैभन्दा धेरै मत सुनसरी–१ बाट ३२ हजार २३० पाएको छ भने सबैभन्दा कम मत हुम्लाबाट ३० प्राप्त भएको छ।

