२०८२ चैत्र १६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
सांसदसँग छलफलमा बालेन: जनताले अनुभूति गर्ने कामको सूची माग | युवती जलाएर हत्या घटनामा कडा कारबाहीको माग बढ्दो | किन हटाइयो इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णयको सूचना? | मन्त्रीहरूपछि सांसदसँग संवादमा जुटे प्रधानमन्त्री बालेन्द्र शाह | ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन छुट्टाछुट्टै इजलासमा | ओलीको उपचारमा प्रभावकारी व्यवस्था गर्न अदालतको आदेश | वैशाखदेखि प्रवेश परीक्षा तयारी कक्षा बन्द गर्न सरकारको निर्देशन | पूर्वमन्त्री दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति | ओली–लेखकलाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति | बद्नाम पूर्वमन्त्री दिपक खड्का जोडिएका विवाद र आज पक्राउ पर्नुको कारण के हो ? |

नेपालगन्ज उपमहानगरपालिकाले सडक अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम जारी गरेको छ। उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सुर्खेत रोडअन्तर्गत धम्बोझी चोकदेखि कारकाँदो चोकसम्म तथा आयल निगम चोकदेखि सरोजनी अस्पताल हुँदै राँझा चोकसम्मको सडक खण्डमा अनधिकृत संरचना हटाउन समयसीमा तोकेको हो।

सूचनाअनुसार सडकको दुवैतर्फ नालाको बाहिरी किनारबाट सात फिट क्षेत्रभित्र बनाइएको टहरा, होर्डिङ बोर्डलगायतका अनधिकृत संरचना १५ दिनभित्र हटाउन निर्देशन दिइएको छ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरी शर्माका अनुसार उक्त सडक खण्डमा दुई मिटर चौडा फुटपाथ निर्माण र वृक्षारोपण योजना कार्यान्वयन गर्नुपर्ने भएकाले अतिक्रमण हटाउन अल्टिमेटम जारी गरिएको हो।

उहाँले तोकिएको समयसीमाभित्र अतिक्रमण हटाउन सबैलाई आग्रह गर्दै, अन्यथा उपमहानगरपालिकाले आफैं हटाउने र त्यसबाट हुने क्षतिको जिम्मेवारी सम्बन्धित पक्षले नै वहन गर्नुपर्ने जानकारी दिनुभयो। साथै, अतिक्रमण हटाउँदा लाग्ने खर्चसमेत स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४५ (४) बमोजिम सम्बन्धित पक्षबाट असुल गरिने बताउनुभयो।

यसअघि पनि बीपी चोकदेखि धम्बोझी चोकसम्मको क्षेत्रमा अतिक्रमण हटाउन दिएको अल्टिमेटम बेवास्ता भएपछि उपमहानगरपालिकाले डोजर प्रयोग गरी संरचना हटाएको थियो। हाल सो क्षेत्रमा फुटपाथ निर्माण र वृक्षारोपण कार्य भइरहेको छ।

उता स्थानीयवासी भने एकीकृत मापदण्ड बनाएर मात्र संरचना निर्माण गर्न दिनुपर्ने माग गर्दै आएका छन्। नागरिक सरोकार मञ्चका संयोजक कृष्णप्रसाद श्रेष्ठले एउटै मापदण्ड लागू गरी सोहीअनुसार संरचना निर्माण गर्न दिनुपर्ने र बारम्बार अतिक्रमण भन्दै हटाउने कार्य उचित नभएको बताउनुभयो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय