२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा बागमती प्रदेशको टोली घोषणा गरिएको छ। बुधबार बागमती प्रदेश क्रिकेट संघले १५ सदस्यीय टोली सार्वजनिक गरेको हो।

शनिबारदेखि सुरु हुने प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लबसहित कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका टोलीहरूको सहभागिता रहनेछ।

यसपटकको प्रतियोगिता काठमाडौँस्थित टियु क्रिकेट रंगशाला र मूलपानी क्रिकेट मैदानमा आयोजना हुनेछ। साथै मधेश प्रदेशका पर्सा र जनकपुरमा पनि खेलहरू सञ्चालन गरिनेछन्।

बागमती प्रदेशले आइतबार विभागीय टोली नेपाल एपीएफ क्लबसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ।

बागमती प्रदेशको टोली :
सन्दीप लामिछाने (कप्तान), आशुतोष घिरैया, उत्तम थापामगर, इशान पाण्डे (उपकप्तान), पवन थापा, दयानन्द मण्डल, प्रतिस जिशी, सुवास खत्री, विवेक रानामगर, रिजन ढकाल, शुभ कसांकार, सुभम तिवारी, रिन्जिग लामा, सचिन लेखक र सोनु देवकोटा।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय